खोलामा हामफालेका व्यक्ति मृत फेला

<span class='c1'>खोलामा हामफालेका व्यक्ति</span> <span class='c2'>मृत फेला</span>

विराटनगर । थलाहा खोलामा हामफालेर बेपत्ता भएका सुनसरी गढी गाउँपालिका–२ मुसहरी टोलका ४२ बर्षीय बब्लु भनिने बलराम ऋषिदेव मृत फेला परेका छन् ।
दुई दिन अगाडी आइतबार बिहान १० बजे पानीट्याङकी छेउबाट खोलामा हाम फाली बेपत्ता भएका ऋषिदेवलाई खोजतलास गर्ने क्रममा मंगलबार साढे ९ बजे मृत फेला पारिएको हो ।

प्रहरीका अनुसार उनी हाम फालेको स्थान भन्दा करिब २ किलोमिटर दक्षिण सोही खोलामा जीलेवीको रुखमा अड्किरहेको अवस्थामा मृत फेला परेका थिए ।
ईलाका प्रहरी कार्यालय दुहवीले मृतकको कानूनी प्रकृया पुरा गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्