बलिउड कोरियोग्राफर सरोज खानको ७१ वर्षको उमेरमा निधन

बलिउड कोरियोग्राफर सरोज खानको ७१ वर्षको उमेरमा निधन

एजेन्सी । बलिउड कोरियोग्राफर सरोज खानको ७१ वर्षको उमेरमा निधन भएको छ । उनको शुक्रबार हृदयाघातका कारण निधन भएको हो ।

स्वास्थ्यमा समस्या आएका कारण विगत केही दिनदेखि अस्पतालमा रहेका उनको उपचारको क्रममै निधन भएको हो । सरोजकी छोरी सुकैना खानले उनको निधनको पुष्टि गरेकी हुन् ।

उनी बाल कलाकारका रुपमा भारतीय चलचित्र क्षेत्रमा प्रवेश गरेकी थिइन् । सन् १९५० को दशकमा विमल रोयको मधुमतिजस्ता चलचित्रबाट नृत्य निर्देशक बी. सोहनलको निर्देशनमा ब्याकग्राउन्ड डान्सरको रुपमा प्रवेश गरेकी थिइन् ।  (इन्डियन एक्सप्रेस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्