२५ श्रावण २०७७, आईतवार

प्रदेश नम्बर १ को केहि स्थानमा भारी वर्षाको सम्भावना

देशका सबै सातवटै प्रदेशमा आज मौसममा सामान्य बदली रहने भएको छ । सबै प्रदेशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको  सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

आज राति सबै प्रदेशमा सामान्य बदली रही कर्णाली प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको  सम्भावना रहेको विभागको भनाइ छ ।

प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु



COVID-19 Stat: 2020-8-8

Country Confirmed Death
Nepal2259273
India215301043379
China886724681
Malaysia9070125
Qatar112650182
Australia21084295
US4997929162423
Saudi Arabia2872623130