लकडाउनका कारण मुलुकको पर्यटन क्षेत्रमा मात्रै ३४ अर्ब बढी क्षति

लकडाउनका कारण मुलुकको पर्यटन क्षेत्रमा मात्रै ३४ अर्ब बढी क्षति

कोभिड १९ र लकडाउनका कारण मुलुकको पर्यटन क्षेत्रमा मात्रै ३४ अर्ब बढी क्षति भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले लकडाउन सुरु भएको चैत्र ११ गतदेखि हालसम्म ३४ अर्ब क्षति पुगिसेको जनाएको हो ।

सरकारले आगामी साउन ७ गतेसम्म लकडाउनलाई निरन्तरता दिने घोषणा गरिसकेको छ । आगामी साउन ७ गतेसम्म थप ७ अर्ब क्षति पुग्ने मन्त्रालयको अनुमान छ ।लकडाउनका कारण देशभर फसेका पर्यटकमध्ये उद्धारतर्फ हवाई मार्गबाट ९५० जना र सकडमार्गबाट ८७९ जनाको उद्धार गरेको पनि मन्त्रालयले जनाएको छ ।

त्यसै गरी मार्च २४ देखि जुन ३० सम्म २१४ उडानमार्फत् १६ हजार ६७२ जना नेपालीलाई विभिन्न देशमा उद्धार गरी स्वदेश ल्याएको दाबी मन्त्रालयको छ । यसैगरी १२ हजार ४०८ जना नेपाली र विदेशीलाई विदेश पठाइएको पनि मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्