विराटनगरका युवा राकेश विश्व पपिङ ब्याटलमा फाइनलमा पूग्न सफल

विराटनगरका युवा राकेश विश्व पपिङ ब्याटलमा फाइनलमा पूग्न सफल

विराटनगर असार १९,

नेपाललाई प्रतिनिधित्व गर्दै नेपाली २७ वर्षीय युवा राकेश घिसिङ विश्व पपिङ ब्याटल      फाइनलमा पूग्न सफल भएका छन् । उनि हाल बिराटनगरमा रही अध्ययन तथा नृत्यमा लागेका छन ।भोटिङ राउण्डमा नेपाली दर्शकबाट अत्यधिक भोट पाएर उनी फाइनलमा पुग्न सफल भएका  हुन।

आयोजक जापान रहेको उक्त प्रतियोगितामा राकेश संगै फ्रान्स , जापान , भारत , अमेरिका , इन्डोनेसिया , स्विजरल्याण्डका सहित १२ जना फाइनलमा पुगेका हुन् ।

विश्वकै ठुलो र विश्व प्रतिष्ठित ब्याटल प्रतियोगिता मध्येको एक रहेको उक्त प्रतियोगिताको फाइनल जुलाई ४ र ५ मा अनलाइन मार्फत हुनेछ  ।

उक्त प्रतियोगिताको बिजेताले ९ सय अमेरिकी डलर र विश्व टाइटल पाउने छन् ।

पेशाले डाक्टर समेत रहेका राकेशले यस अघि २०७६ मा नेपालको “पपिंङ ब्याटल“ विधाका राष्ट्रिय विजेता समेत भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्