घर र गाडी किन्न एनआईसीको सस्तो ब्याजमा ऋण

घर र गाडी किन्न एनआईसीको सस्तो ब्याजमा ऋण

विराटनगर । एनआईसी एशिया बैंकले ८।२५ प्रतिशत ब्याजदरमा गाडी र घर किन्न तथा बनाउनको लागि ऋण दिने नयाँ योजना ल्याएको छ । बैंकले ०.२५ प्रतिशत प्रशासनिक शुल्क लिएर कर्जा उपलब्ध गराउने भएको हो ।
सुपर चमत्कारिक घर कर्जाअन्तर्गत घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण, घर निर्माण गर्नका लागि जग्गा खरिद आदि वित्तीय सेवा सुविधा लिन चाहनुहुने ग्राहक महानुभावहरुले यस योजनाको लाभ लिन सक्ने भएका हुन् ।

न्यूनतम ५ वर्ष देखि अधिकतम ३० वर्ष कर्जाको समयावधि कायम गरिएको छ भने अधिकतम १ करोड ५० लाखसम्म कर्जा सीमा कायम गरिएको छ । जस अन्तर्गत अधिकतम ५० लाखसम्मको ओभरड्राफ्ट सुविधा समेत लिन सकिने व्यवस्था गरिएको छ ।
घर निर्माण गर्दाको हकमा बैंकले निर्माण लागतको शतप्रतिशतसम्म कर्जा प्रवाह गर्ने, घर निर्माणको लागि अधिकतम ५ वर्षसम्मको मोराटोरियम लिन सकिने र उक्त मोराटिएम अवधिमा ऋणीले कर्जाको ब्याज मात्र भुक्तानी गर्न सक्ने समेत सुविधा रहेको छ ।

यस बाहेक फेक्जिबल इएमआईमार्फत ग्राहक महानुुभावहरुले आफ्नो आर्थिक क्षमता अनुसारको आफुले तिर्नसक्ने इएमआई वार्षिक रुपमा आफैले निधारण गरेर भुक्तानी गर्न सक्नुहुनेछ । यस योजना अन्र्तगत घर कर्जा उपभोग गरिरहनुभएका ग्राहक महानुभावहरुले बन्डल अफर अन्तर्गत सवारी कर्जा उपभोग गर्न सक्ने व्यवस्था समेत रहेको जनाएको छ । अन्य बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएका ग्राहकले समेत कर्जा स्वाप गर्न सक्नेछन् ।

यसैगरी सुपर चमत्कारिक सवारी कर्जाअन्तर्गत रातो प्लेटका निजी तथा व्यवसायका लागि सवारी र विद्युतीय सवारीको लागि ग्राहक महानुभावहरुले कर्जा प्राप्त गर्न सक्नेछन् ।

अन्य बैंकमार्फत सवारी कर्जा उपभोग गरिरहनुभएका महानुभावहरुले यस बैंकको सुपर चमत्कारिक सवारी कर्जा अन्तर्गत आफ्नो कर्जा स्थानान्तरण स्वाप गर्न सक्नेछन् ।

यस योजनाअन्तर्गत अधिकतम २ करोड कर्जा सीमा कायम गरिएको छ । सवारी धितो राखेको हकमा कर्जा अवधि अधिकतम १० वर्षसम्म र सवारी तथा रियलइस्टेट दुबै धितो राखेको खण्डमा अधिकतम १५ वर्षसम्म कर्जा अवधि हुने व्यवस्था गरिएको छ ।

देशको अर्थतन्त्रलाई बलियो टेवा दिइरहेको साना तथा मझौला उद्योग व्यवसाय कोरोना भाइरस महामारीले प्रभावित हुँदै गइरहेको यस्तो अवस्थामा बैंकले साना तथा मझौला उद्योग व्यवसायलाई प्रोत्साहन गर्न सुपर चमत्कारिक व्यवसाय कर्जा योजना ल्याएको छ ।

जसअन्तर्गत उद्योगी तथा व्यवसायीहरुले आफ्नो व्यवसायको आवश्यकता अनुसार आवधिक कर्जा तथा ओभरड्राफ्ट मिश्रित रुपमा उपभोग गर्न सक्नुहुनेछ र यस्तो कर्जा सीमा अधिकतम १ करोडसम्म निर्धारण गरिएको छ । यस्तो योजनाबाट विषम परिस्थितिमा समेत लगानीको वातावरण बनाउन आमसर्वसाधारणलाई थप प्रोत्साहन तथा प्रेरणा मिल्ने बैंकले विश्वास लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्