दुर्घटनाबाट ४ जनाको मृत्यु

दुर्घटनाबाट ४ जनाको मृत्यु

विराटनगर । तेह्रथुम आठराई गाउँपालिका–५ सुकेपोखरी सार्की डाँडा भन्ने स्थानमा ट्याक्टर दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा आठराई गाउँपालिका–५ का ३८ बर्षीय ललित खवास र सोही स्थानका ४० बर्षीय श्याम मगर रहेका छन् ।

शुक्रबार बेलुका ७ बजे श्रीकेजी निर्माण सेवाको मे १ त ६२१९ नम्बरको ट्याक्टर चुहानडाँडा बाट सुकेपोखरीतर्फ जाने क्रममा एक्कासी १० मिटर तल खसी दुर्घटना हुदा ट्याक्टरमा रहेका खवास र मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । ट्याक्टरमा रहेका अन्य ५ जना समेत घाईते भएकोले उनिहरुको जिल्ला अस्पताल पांचथरमा उपचार भईरहेको छ ।

यसै गरी अपरान्ह साढे ४ बजे सुनसरी बर्जु गाउँपालिका–२ स्थित बिराटनगर सितागंज सडकखण्डमा ना ७ ख २६२६ नम्बरको टिप्परले को २ ह ३२४२ नम्बरको अटो टेम्पोलाई ठक्कर दिदा अटोमा सवार रहेका ५५ बर्षीय शिवु महत्तोको मृत्यु भएको छ । अर्को घटनामा ईटहरी–७ बस्ने २० बर्षीया स्वस्तिका चौधरीको मोटरसाईकल दुर्घटनाबाट मृत्यु भएको छ । शुक्रबार साँझ ईटहरी–१७ स्थित राजमार्गमा को ११ प २६५८ नम्बरको मोटरसाईकलले को २३ प ५५५६ नम्बरको मोटरसाईकललाई पछाडीबाट ठक्कर दिई दुर्घटना हुदा को २३ प ५५५६ नम्बरको मोटरसाईकल पछाडी सवार रहेकी चौधरीको उपचारको क्रममा नोबेल हस्पिटल बिराटनगरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्