सार्वजनिक सवारी चलाउने निर्णय भएको छैन : महासंघ

सार्वजनिक सवारी चलाउने निर्णय भएको छैन : महासंघ

विराटनगर । विभिन्न संचारमाध्यममा भोली आइतबारदेखि सार्वजानिक यातायात संञ्चालनमा आउने भन्ने समाचार प्रकाशित भएपछि यातायात व्यवसायी महासंघले त्यस्तो कुनै निर्णय नभएको जनाएको छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव एवम् प्रवक्ता सरोज सिटौलाले असार २१ गतेदेखी सार्वजनिक यातायात चल्ने भन्ने हल्लामा कुनै सत्यता नरहेको आवर विराटनगरलाई बताएका हुन् ।

हिजैदेखी विभिन्न सञ्चार माध्यमहरुमा सार्वजनिक यातायात आफै चलाउने भन्ने हल्ला आफुले पनि सुनेको तर यो हल्लाको पछाडी कसैलाई पनि नलाग्न सिटौलाले आग्रह गरेका छन् ।
साथै उनले आफ्नो सामाजिक सजाल फेसबुकमार्फत सार्वजनिक यातायात सञ्चालनमा आउने सम्बन्धी समचारको खण्डन गरेका हुन् । ‘नेपालका केही सञ्चारमाध्याममार्फत यहि असार २१ गतेदेखि सार्वजनिक सवारी साधन सञ्चालन गर्ने भन्ने सुन्नमा आएपनि महासङ्घले यसबारे कुनै निर्णय नगरेको स्पष्ट पार्न चाहन्छु’ उनले फेसबुकमा लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्