सरिता गिरीको सांसद पद गुम्यो

सरिता गिरीको सांसद पद गुम्यो

विराटनगर । समाजवादी पार्टीले सरिता गिरीलाई पार्टीबाट निष्कासन गरेको छ । पार्टीको कारवाहीपछि उनको सांसद पद समेत गुमेको छ ।
पार्टी महासचिव रामसहायप्रसाद यादवको नेतृत्वमा बनेको तीन सदस्यीय कार्यदलले गिरीलाई कारबाही गर्न सिफारिस गरेको थियो ।
त्यहि सिफारिसका आधारमा उनलाई कारवाही गरिएको हो ।

गिरीले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नयाँ नक्साअनुसार निशान छाप परिवर्तन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकमा संशोधन प्रस्ताव दर्ता गराएकी थिइन् । पार्टीले संशोधन फिर्ता लिन र विधेयकको पक्षमा मतदान गर्न निर्देशन दिए पनि उनी विपक्षमा उभिएकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्