देशभर १६ हजार ४२३ संक्रमित पुगे

देशभर १६ हजार ४२३ संक्रमित पुगे

विराटनगर । देशपछि पछिल्ल्लो २४ घण्टामा कोरोना भाइरसका २ सय ५५ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार बुधबारसम्म संक्रमितको संख्या १६ हजार ४ सय २३ पुगेको छ ।

बुधबार ४ हजार ६ सय ९६ जनाको आरटी पीसीआर विधिबाट कोरोना परीक्षण गर्दा २ सय ५५ जना संक्रमित भेटिएका मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका हुन् ।

बुधबार देशभरबाट २५३ जना उपचारपछि निको भएर घर फर्किएका छन् । नेपालमा कोरोना संक्रमण निको हुनेको संख्या ७ हजार ७५२ पुगेको छ । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३५ पुगेको छ । नेपालमा हाल ८ हजार ६३६ जना कोरोना संक्रमित उपचारका लागि आइसोलेसनमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्