विराटनगर बसपार्कका गाडी हेर्नै सक्दैनन् मालिक

विराटनगर बसपार्कका गाडी हेर्नै सक्दैनन् मालिक

विराटनगर । लकडाउनका कारण विराटनगर बसपार्कमा बस रोकिएका छन् । बसका चालक र सहचालकको चहलपहल छैन । गाडीका मालिक समेत बसपार्कमा आउँदैनन् । चैत ११ गतेपछि बसपार्कमा रोकिएका गाडी ‘स्टार्ट’ भएका छैनन् । लामो समयसम्म स्टार्ट नगरिएका गाडीको इन्जिन र ब्याट्री बसिसकेको छ । ब्यारिङमा खिया लागिसकेको छ भने टायरमा चिरा परिसकेको छ ।


किन बसपार्क जाने जस्तो भईसकेको छ, यातायात व्यवसायी राजन कँडेल भन्छन्–रोकिएका गाडी हेरेर मन थाम्नै सक्दैनौं । बसका चालक र सहचालकहरु घर गएका कारण रेखदेख छैन । वर्षात्मा आएको पानीमा चोबिएका टायर घाम लाग्दा सुक्छन् र पीचमा तातिन्छन् ।
बारम्बार घाम र पानीमा तानिने र सुक्ने क्रमले टायरमा चिरा पर्न थालेको हो ।

लकडाउनका कारण पर्यटन क्षेत्र जस्तै यातायात क्षेत्रले धेरै ठूलो धक्का सहनु परेको भन्दै व्यवसायीहरुले सरकारले राहत दिन्छ की भन्ने आसा पालेर बसेका छन् । सुनौलो पूर्व नेपाल यातायात प्रा.लि.का अध्यक्ष कँडेलले भने–यातायात सुचारु भएको घोषणा गरेपछि प्रत्यके गाडीका लागि २ लाख ५० हजार रुपैँया मर्मतमा खर्च लाग्छ ।


विराटनगर बसपार्कबाट लामो तथा छोटो दुरीका गरि ६०० गाडीहरु चल्ने गरेका छन् । पाँचवटा कम्पनिले विराटनगर बसपार्कलाई नै बेश बनाउने गरेका छन् । त्यस बाहेक अन्य शहरका गाडीहरु समेत दैनिक आउने र फर्कने गरेको अर्का व्यवासायी राजु धमलाले जानकारी दिए । गाडी मालिक भएपनि लकडाउनले बसपार्कका गाडी हेर्न मन नलाग्ने अवस्थामा पु¥याएको व्यवसायीको भनाई छ ।

सबैभन्दा धेरै सख्ंयामा सुनौलो पूर्व यातायात प्रा.लि. अन्तर्गत २५०–३०० गाडीहरु छन् । विराट मिनि यातायात प्रा.लि., दिवा तथा रात्री परिवहन सेवा, विराटेश्वर यातायात प्रा.लि. र सुर्योदय यातायात प्रा.लि.का गाडीहरु समेत विराटनगर केन्द्रीत भएर चल्ने गरेका छन् । झण्डै १ अर्ब २० करोड बराबरको लगानी गरिएको क्षेत्रका व्यवसायी यतिबेला भने पीडामा बाच्नु बाहेकको विकल्प देखिरहेका छैनन् ।
सरकारले यातायात सञ्चालन खुल्ला गरेपनि व्यवसायीले गाडीहरु तत्काललै चलाउने योजना राखेका छैनन् । उनीहरुले ६० महिनाको बैंक ऋणमा खरिद गरेका गाडीको लकडाउन अवधीको बैंक ब्याज मिनाहा हुनुपर्ने माग राखेका छन् भने यस अवधीको साँवा बुझाउने भाका चार महिना सार्नुपर्ने शर्त छन् ।

यातायात व्यवसायीले झेल्दै आएको अर्को दुःख दुर्घटनाका कारण कसैको मृत्यु हँुँदा बीमा बाहेक पनि रकम बुझाउनु पर्ने बाध्यता हो । दुर्घटनाका कारण घाइते भएकाहरुको उपचार खर्च बेहोरेका उनीहरुले घाइतेको मृत्युपछि क्षतिपूर्ति बापतको रकम समेत बुझाउनु पर्ने अवस्था रहेको छ ।
बीमामा प्रिमियम बुझाईरहेका उनीहरुले थप व्ययभार बेहोर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने माग गर्दै आएका छन् । कँडेलका अनुसार दुर्घटनामा मृत्यु भएका परिवारको लागि बीमाबाट रकम आउने भएपनि प्रहरीले जर्बरजस्ती पाँच लाख रुपैँया जम्मा गराउन लगाउने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्