नेपालमा थप १०८ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप १०८ जनामा कोरोना संक्रमण पुष्टि

विराटनगर । पछिल्लो २४ घण्टामा नेपालमा थप १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ५३१ पुगेको जानकारी दिइएको हो ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले ४ हजार ५८८ वटा पीसीआर परीक्षणमा १०८ जनामा संक्रमण देखिएको जानकारी दिएका छन् ।
पछिल्लो २४ घण्टामा बिहीबार, सुर्खेतमा १८ जना, बझाङमा १६ जना, कैलालीमा ८ जना, दाङमा ७ जना, काठमाडौ र लमजुङमा ५–५ जना, सिराहा, चितवन, कास्की र अछाममा ४–४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै बागलुङ र दैलेखमा ३–३ जना, सप्तरी, धनुषा, म्याग्दी, गोरखा, बाँके, डोटी, मुगु, बाजुरा, कञ्चनपुरमा २–२ जना, सुनसरी, झापा, नुवाकोट, सर्लाही, मकवानपुर, सिन्धुपाल्चोक, तनहुँ, नवलपरासीपूर्व र दार्चुलामा १–१ जनामा संक्रमण भएको छ ।
बिहीबार १३९ जना डिस्चार्ज भएका छन् । बिहीबारसम्‍म कुल ७ हजार ८९१ जना कोरोना संक्रमण निको भइ डिस्चार्ज भएका हुन् ।
नेपालमा विभिन्न जिल्लाका क्वारेन्टिनमा २४ हजार ४२५ जना रहेका छन् भने कोरोना संक्रमण भई विभिन्न आइसोलेसन सेन्टरमा ८ हजार ६०५ जना उपचाररत छन् ।

नेपालमा कोरोना संक्रमणबाट ३५ जनाको मृत्यु भएको छ । ७ जिल्लामा ५ सय भन्दा बढी, ५ जिल्ला कोरोना मुक्त भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ वटा जिल्लामा हाल उपचाररत अवस्थामा कोरोना संक्रमितको संख्या ५ सय भन्दा बढी छ । यी जिल्लामा महोत्तरी, रौतहट, पाल्पा, अछाम, कैलाली र बाजुरा रहेका छन् ।
त्यस्तै धनकुटा, भोजपुर, सोलुखुम्बु, मुस्ताङ र हुम्ला जिल्लामा हाल कोरोना संक्रमणका एक जना पनि बिरामी छैनन् ।
हाल उपचाररत अवस्थामा रहेका संक्रमितमध्ये प्रदेश १ मा १९६, प्रदेश २ मा २०२४, बागमतीमा ४२९, गण्डकीमा ८६२, प्रदेश ५ मा १७२७, कर्णालीमा ४०५ र सुदूरपश्चिममा २९६२ जना रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्