देशभरका अस्पतालमा ८ हजार ३०६ उपचारतः ८ हजार ११ जना डिस्चार्जपछि घर

देशभरका अस्पतालमा ८ हजार ३०६ उपचारतः ८ हजार ११ जना डिस्चार्जपछि घर

विराटनगर । देशभर पछिल्लो २४ घण्टामा ११८ जनामा कोरोना सङ्क्रमित पुष्टि भएको छ । योसँगै कुल सङ्क्रमित १६ हजार ६४९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार नेपालमा ८ हजार ३०६ जना संक्रमित उपचारतः रहेको जानकारी दिएका छन् ।
पछिल्लो २४ घण्टामा ४ हजार ८०६ पीसीआर परीक्षण भएको थियो । हालसम्म २ लाख ७५ हजार २५१ परीक्षण गरिएको छ । क्वारेन्टाइनमा २३ हजार ९१० व्यक्ति रहेको जानकारी दिइएको छ ।

पछिल्लो २४ घण्टामा १२० जना सङ्क्रमित निको भएर डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या ८ हजार ११ पुगेको छ । यो कुल सङ्क्रमित भएर निको भएको सङ्ख्याको ४८.२ प्रतिशत हो ।

देशभरका छ जिल्लामा पाँचसय भन्दा बढी संक्रमित उपचारतः रहेका छन् । प्रवक्ता गौतमका अनुसार महोत्तरी, रौतहट, पाल्पा ,अछाम, कैलाली र बाजुरा जिल्लामा पाँचसय भन्दा बढी उपचाररत रहेका हुन् । धनकुटा, भोजपुर , सोलुखम्बु, हुम्ला, मनाङ र मुस्ताङ जिल्ला कोरोना सङ्क्रमणमुक्त जिल्ला घोषणा भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्