ग्लोकल आफ्टर स्कुलले सरकारलाई बुझायो प्रतिवेदन

ग्लोकल आफ्टर स्कुलले सरकारलाई बुझायो प्रतिवेदन

विराटनगर । ग्लोकल आफ्टर स्कुलले गत असार १४ र १५ गते आयोजना गरेको ‘अनलाइन सिकाईका लागि भर्चुअल सम्मेलन’ को प्रतिवेदन सरकारलाई हस्तान्तरण गरेको छ । शैक्षिक क्षेत्रका अग्रणी विद्वान, शिक्षाविद् र अनुसन्धानकर्ताहरूलाई एकसाथ ल्याएर अनलाईन शिक्षण, शिक्षाको भविष्य र शिक्षाको सिद्धान्तको विकासको विषयमा भएको सम्मेलनको प्रतिवेदन हस्तान्तरण गरिएको हो ।

सम्मेलनको निष्कर्षसहितको प्रतिवेदन शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेललाई हन्तान्तरण गरिएको ग्लोकल प्रा.लि.का कार्यकारी निर्देशक आशीष ठाकुरले जानकारी दिएका हुन् ।


अनलाइन सिकाईका लागि भर्चुअल सम्मेलनमा मुख्य अथिति गिरीराजमणि पोखरेल नै रहनु भएको थियो । अनलाईन लअर्निङका संभावनाहरु, चुनौतीहरु र अनलाइन लर्निंङ भित्रका अवसर एवं विकासका बारेमा छलफल समेत गरिएको थियो । सम्मेलनले प्राविधिक र गैरप्राविधिक पक्षहरूलाई समेटेको निर्देशक ठाकुरले जानकारी दिएका हुन् ।

सम्मेलनमा नेपालमा अनलाईन सिकाइलाई कसरी प्रभावकारी बनाउने, नेपाल बाहिर यस लर्निङलाई कसरी विकास गरिदै छ, अनलाईन शिक्षण प्रणालीमा पहँुच एवं संभावनाका बिषयमा तीनवटा प्यानलमा छलफल गरिएको थियो ।
अदामस युनिभर्सिटी, खान एकेडेमी, १० मिनट स्कुल, फ्युज क्लास रूम, ग्लोकल आफ्टर स्कुल, टिच फोर नेपाल, काठमाडौं विश्वबिद्यालय, किङ्स कलेज, कारखाना एवं सीटीईभीटी लगायत प्राज्ञिक तथा शैक्षिक कार्यक्रम सञ्चालन गर्ने संस्थाका प्रतिनिधिहरुले धारणा राखेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्