देशभर ८२ जना संक्रमित थपिए

देशभर ८२ जना संक्रमित थपिए

विराटनगर । देशभर पछिल्लो २४ घण्टामा ८२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै कुल सङ्क्रमित १६ हजार ८०१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा जानकारी गराएको हो । मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा अहिले सकृय सङ्क्रमित आठहजार १७४ रहेको बताउनुभयो ।

पछिल्लो २४ घण्टामा तीनहजार ९१६ पीसीआर परीक्षण भएको छ । आइसोलेसनमा आठहजार १७४ रहेका छन् ।
यसैगरी आइतबार देशभरबाट १४७ जना सङ्क्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै डिस्चार्ज हुनेको संख्या ८ हजार ५८९ पुगेको छ । यो कुल सङ्क्रमित भएर निको भएको सङ्ख्याको ५१.१ प्रतिशत हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्