सन्तोष बराल
(Shadow Banking and Off shore Banking)
बैक भन्नाले मुद्राको व्यवसाय गर्ने संस्था अर्थात पैसाको लेनदेन बाट गरीने व्यवसाय नै बैकिङ व्यवसाय हो । कुनै पनि देशको पुर्वाधार बिकास, मानबिय, शैक्षिक, प्रबिधिक तथा समग्र बिकास बिस्तार ले जनताको जिवन स्तरमा प्रत्यक्ष रुपमा बैकिङ ले असर पारेका हुन्छ ।देशमा बैकिङको अवस्थाले देशको सम्र्पुण क्षेत्रको क्षेत्रगत प्रतिनिधित्व गर्दछ । बिकासोन्मुख, बिपन्न,गरिब तथा बिकसित सबै किसिमका राज्यमा यस को महत्व उतिकै सान्दभिक छ ।
नेपालमा पनि बैकिङ क्षेत्र लाई अति आवस्यकिय र अनिर्वाय क्षेत्रको रुपमा लिईएको छ । समुह गत रुपमा क वर्ग—वाणिज्य बैक, ख वर्ग—बिकास बैक, ग वर्ग—बित्त कम्पनि, घ वर्गमा लघु बित्त कम्पनिहरु गरी बिभाजन गरीएको छ । तिनका शाखाहरु जम्मा ९६९५ (नौ हजार छ सय पन्चानब्बे) हाल सेवा प्रदान गरी रहेका छन् ।
हरेक देशमा यस्ता बैकिङ क्षेत्र लाई नियमन गर्ने निकायको रुपमा केन्द्रीय बैक हुन्छ । केन्द्रीय बैक भन्नाले कुनै पनि देशको आर्थिक, बैकिङ,मौद्रिक तथा वाणिज्य क्षेत्रको सर्वोच्च सरकारी निकाय को रुपमा रहेको संस्था हो । नेपाल को सन्दर्भमा २०१२ साल को ऐन बमोजिम २०१३ बैसाख १४ गते स्थापना भएको नेपाल राष्ट्र बैक कन्द्रिय बैक हो । यसले बैकिङ क्षेत्रको अभिभावक को रुपमा रहि बैकिङ र मौद्रिक क्षेत्रमा नियमन, निरिक्षण ,नियन्त्रण र निदेर्शन गर्ने गर्दछ ।
छाँया बैकिङ–(Shadow Banking) चाँहि त्यस्तो केन्द्रिय बैकको नियन्त्रणको दायरा भन्दा बाहिर को बैकिङ मौद्रिक व्यवस्था हो । अर्थात गैर बैकिङ बित्तिय संस्था को बैकिङ कारोवार लाई छाँया बैकिङ भनिन्छ । केन्द्रिय बैकको नियमन भन्दा बाहिरको मौद्रिक तथा वितिय प्रणली नै छाँया बैकिङ हो । यस्तो क्षेत्रहरु राज्यका अन्य निकाय बाट आंसिक तथा पुर्ण रुपमा नियमन भएका हुन्छ । छाँया बैकिङ बिबिध प्रकृतिका हुन्छन् । जसले अनौपचारीक रुपमा परम्परागत सैलिको बैकिङ कारोवार वा सिमित बैकिङ कारोवार गरी रहेको हुन्छ ।
छाँया बैकिङ का नेपाली मुख्य उदाहरण मा कर्मचारी संचय कोष, नागरीक लगानि कोष, सहकारी सस्था ,आवास कम्पनीहरु र स्टक बोकर हुन् ।
बिश्व बजार व्यवस्था सेवा,वस्तु र व्यापारको आजको समयमा अन्तराष्टिय« रुपमा कारोवार हुदै बिश्वव्यापिकरण सम्म पुगेको छ । बहुराष्ट्रिय कम्पनि, खुल्ला बजार, इजार्जत प्रदान गर्ने रणनीतिक साझेदार बिश्वव्यापिकरण का नमुना हुन् । त्यसरी नै बस्तु सेवा व्यापार झै बैकिङ पनि आजको समयमा बिश्वव्यापिकरण हुदै अगाडी बढी रहेको समयमा अपतटिय बैकिङ -(Off shore Banking) नयाँ चासोको बिषयको रुपमा रहेको छ ।
अपतटिय बैकिङ – (Off shore Banking) भन्नाले अन्तर देशिय बैकिङ प्रणली अर्थात जम्मा कर्ता को देश भन्दा बाहिर रहेको बैकमा रकम जम्मा गर्ने बैकिङ प्रणली नै अपतटिय बैकिङ हो । हामीले समय समयमा सुन्ने गरेको कालोधन बिदेशी बैक जम्मा गरेको चर्चा यसैको उदाहरण हो ।
आफनो देशमा पैसा जम्मा गर्दा जानकारी र तथ्य केन्द्रय बैक र त्यस मार्पmत अर्थ मन्त्रालय हुदै सरकार सम्म जानकारी पुग्र्दछ । तर अन्तराष्ट्रिय रुपमा अपतटिय बैकिङ मार्फत पैसा जम्मा गर्दा जानकारीहरु गोप्य रहन्छ । आर्कषण का लागि यस्ता बैक ले कर छुट तथा आर्कषक व्याज प्रदान गर्ने गर्दछन् । जस मार्पmत यस्ता बैक र सम्बन्धित बैक रहेको देशको आर्थिक अवस्था बिदेशी मुद्रा संचिती का कारण ले मजबुत हुने गर्दछ ।अन्तराष्ट्रिय उधम तथा व्यापार व्यवसाय लगानी लगायत सबै कार्य यसै प्रणली अनुसार गर्ने प्रचलन बढदै गएको छ । प्रायत बिश्वका गरिब राष्ट्र बाट बिकसित राष्ट्र तर्फ यस्तो पैसा अपतटिय बैकिङ मा प्रवाह हुने गर्दछ । यस्तो रकमान्तरण प्रचलित बिदेशि मुद्रा (डलर\पाउण्ड÷युरो) मा हुने गर्दछ ।
(लेखक नेपाल बैक उर्लाबारीमा कार्यरत हुनुहुन्छ । माथि उल्लेखित बिचार लेखकका निजी बिचार हुन् जसले निज आबद्व संस्थासँग कुनै किसिमको सरोकार राखदैन ।)