१९ श्रावण २०७७, सोमबार

वीरमानका परिवारलाई आर्थिक सहयोग

विराटनगर । उसुका अन्तर्राष्ट्रिय खेलाडी स्वर्गीय वीरमान वाइवाको परिवारलाई आर्थिक सहयोग गरिएको छ । नेपाल उसु महासंघका पदाधिकारीबाट संकलित रकम बुधबार काभ्रेमै पुगेर वीरमानका परिवारलाई हस्तान्तरण गरिएको हो ।

महासंघका पदाधिकारीबाट संकलित ८० हजार रुपैयाँ बुधबार आयोजित कार्यक्रममा नेपाल उसु महासंघका अध्यक्ष वीरबहादुर लामा र महासचिव लाक्पा शेर्पाले स्वर्गीय वाइवाका परिवारलाई हस्तान्तरण गरेका थिए ।

संकलित रकम हस्तान्तरण गर्दै अध्यक्ष शेर्पाले अहिलेको असहज परिस्थितिमा पनि वीरमानले नेपाली खेलकुदमा पु¥याएको योगदानको उच्च सम्मान गर्दै सबै पदाधिकारी मिलेर सानो सहयोग गरेको बताए । उनले वीरमानको निधनबाट नेपालली खेलकुदले निकै प्रतिभावान खेलाडी गुमाएको बताए ।

स्वर्गीय वाइवाका दाजु किसन वाइवाले विषम परिस्थितिमा पनि महासंघले भाइको योगदानप्रति सम्मान गरेकोमा धन्यवाद व्यक्त गरे । उनले वीरमानको स्मृतिमा प्रतिष्ठान गठन गरिने जानकारी पनि दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु



COVID-19 Stat: 2020-8-2

Country Confirmed Death
Nepal2033257
India180369538135
China879854669
Malaysia8999125
Qatar111107177
Australia17938208
US4667955154860
Saudi Arabia2788352917