इन्टरनेटको प्रयोग विकृती होइन

इन्टरनेटको प्रयोग विकृती होइन

एन्जु शिवाकोटी
आजको समय सुचना र प्रविधिको हो । इन्टरनेट सबैलाई आवश्यक पर्ने प्रविधि बनिसकेको छ । कोरोना भाइरस (कोभिड १९) महामारीको कारण अझ बढी लोकप्रिय बन्दै गएको छ इन्टरनेट सेवा । अनलाइन पढाई, अनलाइन व्यापार, अनलाइन सपिङदेखि अनलाइन भुक्तानी समेत गर्न इन्टरनेटको प्रयोग बढिरहेको छ ।

पानीको महशुल, टेलिफोनको महशुल, विद्युत्त महशुल जस्ता कार्यहरु घरमै बसेर इन्टरनेटको माध्यमद्धारा अनलाइन कारोबार गर्न सकिन्छ । हालको परिस्थितिमा बाहिर निस्कन नहुने, निस्किहाल्न सामाजिक दुरी कायम गरेर आफ्नो दैनिकी गर्नुपर्ने अवस्थामा अझ लोकप्रिय बन्दै गएको छ ।

आज सबैको हात हातमा मोबाइल छ । इन्टरनेटको माध्यमबाट घरबाटै एउटा मोबाइलको भरमा आफ्ना दैनिकी काम गर्न सहज बनेको छ । व्यवसायिक दृष्टिकोणले हेर्दा पनि आल अनलाइन कम्पनिहरुहरु थुप्रै खुलेका छन् । घरमै बसेर करोडौंको कारोबार सहज तरिकाबाट भइरहेको छ । एकै ठाउँमा बसेर संसार भरका खबर हेर्न र सुन्न सक्छौं ।
साँच्चै भन्ने हो भने संसार साँघुरो हँुदै जाँदैछ । घरमै बसेर देश तथा विदेशका मान्छेसँग कुराकानी गर्न तथा व्यापार गर्न इन्टरनेटले राम्रो भुमिका खेलेको छ । सबै काम सहज रुपमा गर्न सकिने भएका कारण अनलाइन माध्यम लोकप्रिय बन्दै गएको हो ।

जति प्रविधिको विकास हुदै गयो जति सहज वातावरण बन्दै गयो त्यती नै दुरी मानिसबाट मानिसका बढ्दै गयो । एक्लै रमाउन थालेका छन् आजभोली मानिसहरु । साथिभाई आफन्तभन्दा नजिकको र विश्वसनिय बन्दै गएको छ इन्टरनेट । एउटै छानामुनि बसेर पनि टाढा छन् आजभोलिका मानिसहरु । कोही साथिभाई धेरै पछि भेट हुदाँ भन्द बन्द कोठामा बसेर इन्टरनेट चलाउन पाउँदा खुसी हुन्छन् । कोहीसँग बोल्ने फुर्दस मिल्दैन जब मोबाइल तथा कम्युटर अगाडी बसेर इन्टरनेट चलाइरहेका छन् ।

सामाजिक सञ्जाल यसको प्रमुख कारण बन्दै गएको छ । मानिसलाई एक प्रकारको लत बनिसक्यो सामाजिक सञ्जाल चलाउने । यहि सामाजिक सञ्जालको कारण साइबर क्राइम बढ्दै गएको छ । बदलाको भावनाले चरित्र हत्या गर्न गोपनियता भङ्ग गरेर कसैको जीवनलाई आत्मा हत्यासम्मको बाटोमा डोहो¥याउन मद्दत गर्दैछ ।

आजको समयमा इन्टरनेटको प्रयोगले सबैलाई व्यापार व्यवसायदेखि दैनिक जीवन गुजारा गर्नसम्म सहज बनाइ रहेको छ भने दिन प्रतिदिन यसको दुरुपयोग हुँदा अपराधिक क्रियाकलाप बढ्दै गएको छ । इन्टरनेट चलाउनु एक लत बनेको छ । जसले कालान्तरमा गएर नराम्रो असर पार्न सक्छ । आवश्यक कामको लागि मात्र इन्टरनेटको प्रयोग गरौं । सबैले इन्टरनेटको सहि सदुपयोग गरौं । किनकी इन्टरनेटको प्रयोग विकृती होइन तर उचित प्रयोग गर्न जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्