नेपाली माटोमा माक्र्सवादको जग राख्ने नेता पुष्पलाल

नेपाली माटोमा माक्र्सवादको जग राख्ने नेता पुष्पलाल

विराटनगर । मार्क्सवादी दृष्टिकोणलाई नेपाली माटो र नेपाली समाजको आर्थिक, सामाजिक, सांस्कृतिक एवं राजनीतिक विश्लेषण गरी गणतन्त्रको जग राख्ने दूरदर्शी नेताको रूपमा पुष्पलाल श्रेष्ठलाई लिइन्छ ।

पुष्पलालले अन्तर्राष्ट्रिय कम्युनिस्ट घोषणापत्रलाई नेपालीमा अनुवाद र नेपाली कम्युनिस्ट पार्टीको घोषणापत्र लेखेर नेपाली राजनीतिको मिहिन ढङ्गले विश्लेषण गर्दै श्रमजीवी वर्ग, समुदाय, पिछडिएका जाति र जनताको मुक्तिको जग राख्नुभएको थियो ।

२००७ सालमा नेपाली काँग्रेसले सञ्चालन गरेको सशस्त्र सङ्घर्षपछि राजा, राणा र काँग्रेस बीचको सहमतिलाई ‘दिल्ली सम्झौता धोका हो’ भन्दै राणाशाहीविरुद्ध अन्त्यहीन सङ्घर्षको पक्षमा बिगुल फुक्ने पुष्पलालले आफ्नो सम्पूर्ण जीवन कम्युनिस्ट आन्दोलनको विकास, नेपाली समाजको मिहिन ढङ्गले अध्ययन र विश्लेषणमा खर्चनुभयो ।

वि.सं. २०१७ साल पुस १ गते राजा महेन्द्रद्वारा निरङ्कुश पञ्चायती व्यवस्था लादिएपछि गुमेको जनअधिकार प्राप्तिका लागि लोकतान्त्रिक र वामपन्थी शक्ति मिलेर नै निरङ्कुशतालाई परास्त गर्न सकिन्छ भन्ने संयुक्त जनआन्दोलनको अवधारणा सार्नुहुने दूरद्रष्टा पनि हुनुहुन्छ, पुष्पलाल ।

यसको मार्गदर्शनबाट नै मुलुकले ठूलाठूला राजनीतिक परिवर्तन हासिल गरेको छ । पूर्वी पहाडी जिल्ला रामेछापको भँगेरीमा १९८१ साल असार १५ मा जन्मनुभएका पुष्पलालको भारत प्रवास रहेकै अवस्थामा २०३५ साल साउन ७ गते निधन भएको थियो ।

पुष्पलालसँग निकटको सम्बन्ध राख्नुहुने वामपन्थी विश्लेषक लोककृष्ण भट्टराईका अनुसार पुष्पलालले ‘दिल्ली सम्झौता धोका हो’ भन्दै राजनीतिक चेतना दिएर राजनीतिक, सामाजिक र आर्थिक महत्त्वको विश्लेषण गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्