विराटनगरको जनपथ उच्च मा.वि.मा स्मार्ट बोर्डबाट पढाई

विराटनगरको जनपथ उच्च मा.वि.मा स्मार्ट बोर्डबाट पढाई

एन्जु शिवाकोटी

विराटनगर । सामुदायिक विद्यालय राज्यको लगानी भएको तर निजी विद्यालयको तुलनामा सधैं पछाडीे छ । निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालयको शिक्षा गुणस्तीय नहुने भन्ने धारणा समेत धेरैमा छ ।

निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्न सक्दैनन् भन्ने सोचलाई परिवर्तन गर्न राज्य, स्थानीय तह र स्वयं विद्यालयले विकल्प खोज्नुपर्ने बहस चलिरहेको बेला विराटनगरको जनपथ मा.वि.ले भने स्मार्ट कक्षाको सुरुवात गराउने तयारी सुरु गरेको छ ।

जनपथ उच्च माध्यमिक विद्यालयले प्रविधिमैत्री शिक्षक सिकाईबाट विद्यार्थीको सिकाईमा सहजीकरण गर्ने भएको हो । विद्यालयले गुणस्तर शिक्षालाई ध्यानमा राखेर प्रविधिमैत्री शिक्षण विधी अपनाउने थालिएको हो ।  विराटनगर ११ मा रहेको उक्त विद्यालयका १२ सय भन्दा बढी विद्यार्थीहरु प्रविधि शिक्षाबाट लाभान्वित हुने भएका छन् । कक्षा सञ्चालन भएसँगै विद्यार्थीहरुले इन्ट¥याक्टिभ बोर्डको प्रयोग गरेर पढ्न पाउने भएका हुन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रोहित कोइरालाले आफ्नो ३ बर्षे कार्यकालमा विद्यालयको विकासमा परिवर्तन ल्याउने दावी गरे । विद्यार्थीहरु नयाँ शैक्षिकशत्र सुरु भए पनि विद्यालय जाने वातावरण नभए पछि ९० प्रतिशत विद्यार्थीहरुलाई घरघरमा पुगेर पुस्तक वितरण गरेगरेर पढ्ने वातावरण बनाइरहेको उनले बताए । विद्यालयलाई प्रविधिमैत्री बनाउने उनको दावी छ ।

उनले भने, ‘हालको अवस्थामा विद्यालय सञ्चालन नभएपनि विद्यालयको विकासका कार्यहरु भइरहेको छ ।’ ‘स्मार्ट कक्षा सञ्चालनको लागि कक्षा निर्माण कार्र्य भइरको छ । त्यसका साथै स्मार्ट बोर्ड जडान गर्ने काम पनि भईरहेको छ ।’
समुदायिक विद्यालयलाई समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन गर्न लागिरहेको उनको भनाई छ । गरिब परिवारका छोराछोरीलाई लक्षित गरेर मन्टेस्वरी कक्षा सञ्चालनमा ल्याउने तयारी भइरहेको उनले बताए । त्यसका साथै खेल क्षेत्रलाई प्राथमिक्तामा राखेर काम भइरहेको उनको भनाई छ ।


स्माट वोडको प्रयोग गरेर अबका दिनमा पढाइने भएकाले विद्यालय सञ्चालन भएसँगैे विद्यार्थीहरुले फरक शिक्षाका महशुस गर्ने शिक्षक सोम नेपालले बताए । पढाई सँगसगै खेल तथा अतिरिक्त क्रियाकलापमा विद्यार्थीहरुले परिवर्तन देख्ने उनको भनाई छ । प्राविधिक शिक्षाका लागि ३ महिनाको साक्षरता कक्षा शिक्षकहरुलाई गराइको उनले बताए ।

त्यस्तै, प्राविधिक शिक्षाबाट पढाइ हुनु आजको आवश्यकता भएको शिक्षक आसकुमार राइले बताए । शिक्षा मानव जिवनसंग सम्बन्धित भएका कारण स्वस्थ रहनको लागि स्वस्थ बातावरण आवश्क पर्ने उनको भनाई छ । त्यसको लागि विद्यालयले ग्रिनरीको अवधारणा ल्याएको बताए । हरेक विद्यार्थीले एउटा विरुवा अनिवार्य रुपमा आफ्नो घरमा रोप्नै पर्ने अभियान चलाएको उनको भनाई छ ।


त्यसैगरी सामाजिक विकास मन्त्रालय, लालबाबु पण्डित सांसद विकास कोष तथा महानगरपालिकाबाट ७ लाख रकम उपलब्ध भएको विद्यालयका प्रधानाध्यापन हरि प्रसाद पराजुलीले बताए । प्रयाप्त उपकरणहरु उपलब्ध नभइसकेका कारण सबै कक्षाका विद्यार्थीहरुलाई एकैसाथ स्मार्ट वोर्डबाट अध्यापन गराउन नसकिने भएका कारण पालो सिस्टममा अध्यापन गराउने उनको भनाई छ ।

कक्षा ६ देखि माथिका विद्यार्थीहरुलाई मात्र स्मार्ट बोर्ड माध्यबाट अध्यापन गराइने उनले बताए । प्राविधिक शिक्षाका लागि प्रदेश सरकारले १ सय समुदायिक विद्यालयलाई रकम उपलब्ध गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्