“यसपालिको तीजमा नाच घरैमा” सार्वजनिक (भिडियोसहित)

“यसपालिको तीजमा नाच घरैमा” सार्वजनिक (भिडियोसहित)

विराटनगर । हिन्दुहरुको महान चाड हरितालिका तीजको म्युजिक भिडियो धमाधम सार्वजनिक हुन थालेका छन् । यसै क्रममा पछिल्लो समय “यसपालिको तीजमा नाच घरैमा” बोलको गीत लाट्कोसेरो फिल्मस् प्रा.लि.ले बजारमा ल्याएको छ।

लक्षमण चापागाईको शब्द, संगित रहेको “यसपालिको तीजमा नाच घरैमा” बोलको गीतमा आवाज पनि उनकै छ । गीतमा सुस्मिता श्रेष्ठ, सोनिया डङगोल, रन्जु श्रेष्ठ र रोमिया डङगोलले नृत्य प्रस्तुत गरेका छन् । सन्जित श्रेष्ठले छायाँङकन रहेको उक्त गीतको व्यवस्थापन राजन इसानको रहेको छ भने कोरियोग्राफी सन्तोष भुजेलले गरेका छन् । गितको म्युजिक भिडियोको निर्देशन बिजेस पौडेलले गरेका छन् ।

बजारमा धमाधम आइरहेका तीजका म्युजिक भिडियोहरु भन्दा यो गीत फरक रहेको निर्देशक पौडेले बताउछन् । कोरोना भाइरस संक्रमणलाई हुनबाट बच्न घरमा बसेरै तीज मनाउन सन्देश बोकेको गीत स्रोता समक्ष ल्याएको उनले बताए । यूट्बमा आइसकेको उक्त म्युजिक भिडियो साउन ९ गतेबाट टेलिभिजनमा प्रसारणमा आउने पौडेलले जानकारी दिए ।

हेर्नुहोस् भिडियो:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्