रन्जितको ‘पर्देशीको कथा व्यथा’ बजारमा

रन्जितको ‘पर्देशीको कथा व्यथा’ बजारमा

विराटनगर । चर्चित गायक रन्जित लामाको ‘पर्देशीको कथा व्यथा’ बोलको गीत बजारमा आएको छ । गायक लामाको आउन माया आउ, मुसुक्क नेमा, बुट्टे रुमाल, ए हुलाकी दाईलगायत थुप्रै हिट गीतहरु गाइसकेका छन ।

आधा दर्जन अवार्ड पाइसकेका गायक लामा दर्शकको मन मुटुमा रहन सफल गायक मध्ये एक हुन । गीतमा नविन मोक्तानको शब्द, एन बि थापा मगरको संगीत रहेको उक्त गीतमा गायक रन्जित लामा र श्रिषा तामाङको स्वर रहेको छ ।

भिडियोलाई मरुभुमी नारायणले छायांकन, एम बि गुरुङले निर्देशन र आशिष गोङबो तामाङले सम्पादन र रोशन धितालले कलर गरेका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्