प्रदर्शनीको पर्खाइमा ‘म पर्खिरहन्छु’

प्रदर्शनीको पर्खाइमा ‘म पर्खिरहन्छु’

विराटनगर । नेपाली कथानक चलचित्र ‘म पर्खिरहन्छु’ को निर्माण सम्पन्न भएको छ । विराटनगरका कलाकारहरुद्वारा अभिनित चलचित्र कोरोना संक्रमणका कारण प्रदर्शनी भने रोकिएको छ ।
निर्माण कार्य २०७६ फागुनमा सकिएर नयाँ वर्षसँगै बैशाखमा प्रथम प्रदर्शनी (रिलिज) गर्ने तयारी गरेपनि कोरोनाको महामारीले गर्दा भएको लकडाउनले गर्दा प्रदर्शनी थियो ।

साउन ६ गतेदेखि लकडाउन खुलेपनि कोरोनाको कहर नसकिएकोले गर्दा ‘म पर्खिरहेछु’ को प्रथम प्रदर्शनी कहिले गर्ने भन्ने टुंगो नलागेको हो ।
दुई दर्जन बढी नयाँ चलचित्रसँगै ‘म पर्खिरहेछु’ पनि पदर्शनीको पर्खाइमा छ । नेपाली र मैथिली गरी दश वटा चलचित्र निर्देशन गरिसकेका सन्तोष सरकारको कथा, सम्वाद (पटकथा), निर्देशन रहेको ‘‘म पर्खिरहेको छु’ को निर्माता बबिता श्रेष्ठ हुन् ।

नेपाली युवाले भोगेको वास्तविक घटनामा आधारित वियोगान्त कथा रहेको ‘म पर्खिरहेछु’ मा भूपेन्द्र रायमाझी र नषराज घिमिरेको संगीत छ ।
‘म पर्खिरहेछु’ का प्रमुख कलाकारहरुमा विनोद श्रेष्ठ, कल्पना भट्टराई, पुष्प श्रेष्ठ, प्रवलदीप विश्वास, शारदा आर्यन, प्रमोद श्रेष्ठ, दिनेश कोइराला, डीबी बस्नेत, विनोद दुगढ, कृष्ण सुवेदी र महेश सहनी छन् । बाल कलाकारमा बेदिका श्रेष्ठ र शीतला सरकार छन् ।

यस चलचित्रमा डा.विनोद श्रेष्ठ र सुरेश वैद्यको गीतमा रामा मण्डल र मनिषा पोखरेलले स्वर दिएका छन् । कोशी भिजन फिल्म प्रोडक्सन इटहरीको व्यानरमा निर्माण गरिएको ‘म पर्खिरहेछु’ मा राजेश लेप्चा र नविन राईले द्वन्द्व निर्देशन र हेमन्त योञ्जनले सम्पादन छ ।

पूर्वको प्रमुख शहर विराटनगर, इटहरी, धरान, धनकुटा, इलामलगायत पर्यटकीय स्थल जेफाले, डाँडाबजार, कोशी व्यारेज, श्रीअन्तुमा छायाङ्कन गरिएको यस चलचित्रको क्यामराम्यान यज्ञ पराजुली र सुमन तामाङ छन् ।
दुई घण्टा १५ मिनेटको यो चलचित्र सम्पादन गुञ्जन स्टुडियो काठमाडौंमा र अन्तिम सम्पादन म्युजिक हब पोष्ट प्रोडक्सन स्टुडियो ओशीवारा, अन्धरी वेष्ट मुम्बईमा गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्