एभरेष्टमा प्रभावकारी बन्दै अनलाईन कक्षा

एभरेष्टमा प्रभावकारी बन्दै अनलाईन कक्षा

विराटनगर । प्रदेशकै नमूना विद्यालयको रुपमा स्थापित हुँदै गरेको विराटनगर ५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलले अनलाईन कक्षालाई समेत पूर्णरुपमा प्रभावकारी बनाउन सफल भएको छ ।
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९)ले मुलुक बन्दाबन्दी भएपछि वैकल्पिक रुपमा थालिएको अनलाईन कक्षालाई प्रभावकारी बनाउन सफल भएको हो ।

नयाँ अभ्यासका रुपमा थालिएको अनलाईन कक्षामा विद्यालयको कक्षा ११ र १२ का ९० प्रतिशत भन्दा बढी र कक्षा नर्सरी देखि १० सम्म ८५ प्रतिशत विद्यार्थीले हरेक दिन उत्साहप्रद सहभागिता जनाउने गरेका छन् । उपस्थिति सँगै उनीहरुको सिकाई पनि समान रुपमा विकास भइरहेको शिक्षकहरुको भनाई छ । कक्षा १२ की छात्रा अबिशा निरौलाले भन्छिन्, कक्षा कोठामा बसेझै अन्तरक्रिया सहित अध्ययापन हुन्छ । अहिले कोर्ष पूरा भएपनि कुनै जिज्ञासा हुँदा अनलाईनबाट समाधान खोज्ने वातावरण समेत छ ।

कोभिडका कारण कक्षा ११ र १२ को परिक्षा समेत हुन नपाइरहेको सन्दर्भमा एभरेष्टले भने कक्षा ११ का विद्यार्थीहरुलाई परीक्षा अगावै १२को समेत अध्यापन गराइरहेको छ । यस्तै एसईईको परीक्षाफल कुरेर बसेका विद्यार्थीहरुलाई कक्षा ११ मा भर्ना ह्ुनुपूर्व निशुल्क ब्रिज कोर्षको अनलाईन कक्षा सञ्चालन गर्दै आएको छ । विद्यालयका सहप्राचार्य नवराज कोइरालाका अनुसार कक्षा ११ को सम्पूर्ण पाठ सकेर उनीहरुलाई १२ कक्षाको अध्यापन शुरु गरिएको हो ।

एसईईको नतिजा प्रकाशनसँगै एभरेष्टले विज्ञान, व्यवस्थापन, होटल व्यवस्थापन र कानून संकायमा कक्षा ११ को नयाँ कक्षा सञ्चालनको तयारी गरेको छ । सहप्राचार्य कोइरालाले विद्यालय सञ्चालन हुने वातावरण तयार नहुँदा अनलाईन कक्षालाई थपप्रभावकारी बनाउँदै लैजाने बताउनुभयो । विद्यार्थी विद्यालय आउने वातावरण हुँदा पूर्णरुपमा आवश्यक मापदण्ड पालना र सतर्कता अपनाउने विद्यालयले जनाएको छ ।

यसका लागि विद्यार्थीलाई क्रमांकको आधारमा जोरबिजोर बनाई सोहि अनुसार कक्षा सञ्चालन गर्ने तयारी गर्दै गरेको एभरेष्टले विद्यार्थीलाई विद्यालय प्रवेशद्धारमा नै सेनिटाइज गर्ने, मास्कलाई अनिवार्य गर्दै सेनिटाइज गरिएको कक्षा कोठामा आवश्यक दुरी कायम गरि अध्ययापन गराउने छ । कोभिडका विषयमा विद्यार्थीलाई सचेत गराउँदै घरमा पनि आवश्यक सतर्कता अपनाउन समेत सिकाउने तयारी एभरेष्टको छ ।

 

अध्ययन अध्ययापनमा आफूलाई अब्बल दर्जामा राख्न सफल एभरेष्टले पटक पटक राष्ट्रिय तथा क्षेत्रीय पुरस्कार र पदक जित्न सफल भएको छ । विद्यार्थीको सर्वागीण विकासमा ध्यानदिँदै आएको एभरेष्टले अतिरिक्त कृयाकलापमा समेत आफूलाई अब्बल दर्ज गरिसकेको छ ।

अत्याधुनिक ल्याव, सुविधा सम्पन्न लाइब्रेरी रहेको यस एभरेष्टले नविनतम प्रविधिको प्रयोग गर्ने गरेको छ । ५ तारे होटलको जस्ता सुविधा सम्पन्नभौतिक संरचना निर्माण गर्दै अघि बढेको एभरेष्ट स्कुलले करौडोको लगानी गर्दै हरेक कक्षाकोठालाई वाताअनुकुलित बनाएको छ । फूटबल, भलिबल, बास्केटबल, टेबलटेनिस, ब्याडमिन्टन लगायतका खेलकुदका लागि पर्याप्त खेलमैदान भएको यस विद्यालयले परिसर भित्रै स्विमिङ पूल सम्मको संरचना तयार गरेको छ ।

८४ जना विद्यार्थीबाट २०५० सालमा शुरु भएको विद्यालय विद्यार्थी र अभिभावकको मन जित्दै अहिले २५ सय भन्दा बढी विद्यार्थीको पहिलो रोजाई बन्ने गरेको छ । विद्यालयका प्राचार्य टीकाराम पुरी भन्नुहुन्छ, हाम्रो मेहनत र दृढ ईच्छा शक्तिलाई अभिभावक र विद्यार्थीले बुझि दिनुभएको छ, फलस्वरुप हामी हरेक दिन अब्बल बन्दै गएका छौं । नर्सरीदेखि स्नातकोत्तरसम्म अध्ययापन गर्ने तयारी गर्दै गरेको एभरेष्टले यसै सत्रदेखि स्नातक तहको अध्ययापन गर्ने प्राचार्य पुरीले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्