सुपर ७ सामान्य ज्ञान @ ७ – अंक १

सुपर ७ सामान्य ज्ञान @ ७ – अंक १

ओवि लर्निङ्ग स्टुडियो र आवर विराटनगर डट नेटको प्रस्तुतिमा आजबाट नियमित रुपमा सामान्य ज्ञान तथा विभिन्न परीक्षाहरुको तयारीलाई आवश्यक पर्ने प्रश्न तथा उत्तरहरु नियमित रुपमा प्रस्तुत गर्ने प्रयास गरेका छौं । यसको नयाँ अंक प्रत्येक साँझ ७ बजे आवर विराटनगर डट नेटमा प्रकाशन हुनेछ ।

१. ‘बिश्व खुशी सुचाकांक २०२०’को पहिलो स्थानमा हुन सफल देश कुन हो ?
~ फिल्याण्ड
नेपालको स्थान – ९२ (२०१९मा १००, ८ स्थान अगाडी आएको)

२. रेडियो नेपालकि प्रथम गायिका रानुदेवी अधिकारी पौडेलको कहिले निधन भयो ?
~ २०७७/०१/१८ (राति २ बजे)

३. नेपाल र भारत बीच विवादास्पद भुमि कालापानी र लिम्पूयाधुरा सहितको नयाँ नक्सा नेपालले कहिले सार्वजनिक गर्यो र हाल नेपालको क्षेत्रफ़ल कति रहेको छ ?
~ २०७७ जेष्ठ ७, (भूमि सुधार मन्त्रलायमा भूमि व्यवस्थामन्त्री पद्मकुमारी अर्यालले सार्वजनिक गर्नु भएको)
हालको क्षेत्रफ़ल् : १,४७,५१६ वर्ग कि.मि

४. २०७७ असार २३ गते नेपाल प्रहरीका महानिरीक्षकमा कसलाई नियुक्त गरियो र उनि कतिऔं महानिरीक्षक हुन् ?
~ शैलेश थापा, २८औ

५. नेपालको इतिहासमा ‘कविन्द्र’ भनेर कुन राजालाइ चिनिन्छ ?
~ प्रताप मल्ल

६. संयुक्त रास्ट्रसंघको आह्वानमा बिभिन्न देशमा शान्ति सेना पठाउने रास्ट्रको सुचीमा नेपाल कतिऔ स्थानमा छ ?
~ चौथो (२०७६ फाल्गुन २३ अगाडी सम्म पाचौ स्थानमा रहेको)

७. ‘My Land My People’ पुस्तकका लेखक को हुन् ?
~ दलाइ लामा

संकलक
आयुष खनाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्