यसपालिको जनैपूर्णिमा सुनसान

यसपालिको जनैपूर्णिमा सुनसान

विराटनगर । हरेक बर्ष श्रावण शुक्ल पूर्णिमाको दिनलाई जनैपूर्णिमा भनिन्छ । जनैपूर्णिमा आज सोमबार विधिपूर्वक स्नान, ऋषि तर्पण र हातमा डोरो बाँधी मनाइएको छ ।

सत्ययुगमा दानवद्धारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी बलशाली दानवराज बली बाँधिए, म पनि तिमीलाई बाँध्छु जसले तिमी सुरक्षित हुन्छौ भनी डोरी बाँधेका थिए भन्ने पौराणिक विश्वास रहेको छ । जसका आधारमाखचलेको रक्षाबन्धनको परम्परा अहिलेसम्म प्रचलनमा छ ।

वशिष्ठ, कश्यप, अत्रि, भारद्धाज, गौतम, जमदग्नि, विश्वामित्रसहित सप्तऋिषिलाई तर्पण दिने भएकाले आजको दिनलाई ऋषि तपर्णी पनि भनिन्छ ।
यस दिन चना, मास, भटमास, केराउ, राजमा, बकुल्ला, मुङ गहत र बोडी गरी नौ थरिका गेडागुडी मिसाएर बनाइएको क्वाँटी खाने प्रचलन छ ।
तराई क्षेत्रमा भने आजको दिदी बहीनीले दाजुभाइलाई स्वास्थ्यलाभको कामना गर्दै राखि बाँधी दिने गर्छन् ।

तर सदा बर्ष झै यस बर्ष खुसी उल्लासका साथ जनैपूर्णिमा मनाइएको छैन । कोरोना भाइरस (कोभिड १९) को महामारीका कारण देश त्रासमा छ । संक्रमण हुनबाट बच्न सबैले सावधानी अपाएका छन् । लामो दुरीको बस चलेका छैनन् । विराटनगरमा पूर्ण लकडाउन भएका कारण तथा पण्डितहरुलाई बाहिर जनै लिएर जजमानको घरमा नजान भनिए पछि यस पालिको जनैपूर्णिमा खल्लो बनेको छ ।

विराटनगर ३ का बलराम गौतमलाई पहिलाको जनैपूर्णिमामा कुस बाड्न तथा जनै बाड्न, डोरी बान्न जजमानको घरमा जान भ्याइ नभ्याइ हुन्थ्यो । तर यो बर्ष उनी घर बाहिर निस्किएका छैनन् । मैले अघिल्लो दिनै सबै जजमानलाई आउदिन भनिदिए ।’ उनी भन्छन्,‘ज्यान भन्दा ठूलो धन होइन ।

केही जजमानी श्रद्धाले घरमा जनै लगाउन तथा डोरी बाँधन आएको उनले बताए । तर आउने जजमानलाई उनले घरको गेटबाटै डोरी र जनै दिएर पढाएको उनले बताए ।
त्यसै गरि पण्डित उद्धव भट्टराई भन्छन्,‘ ज्यान भन्दा ठूलो धर्म केही होइन् । कोरोना भाइरस महामारी सकिए पछि आउने बर्ष राम्रोसँग जनैपूर्णिमा मनाउदा हुन्छ भन्छन् भट्टराई ।

यस पालिको जनै पूर्णिमा सुन्सान भएको छ । मानिसहरुको चहलपहल पनि कमै छ । कोरोना भाइरस तथा लकडाउनका कारण यसपालिको चाड रमाइलो हुन सकेन । विराटनगर ७ का रमेश यादव भन्छन्, ‘मेरो बहिनी झापाबाट आउनु पर्ने थियो , मोटरसाइकलमा आउछु भन्दै थिइन्, न आउन भनिदिए ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्