विराटनगरमा कोरोनाको संन्त्रास

विराटनगरमा कोरोनाको संन्त्रास

एन्जु शिवाकोटी
विराटनगर । कोरोना भाइस (कोभिड १९) संक्रमण दिनप्रतिदिन बढ्दो छ । मलाई आजभोलि विराटनगरको अवस्था देख्दा आफैसँग डर लाग्छ । मलाई कतै कोरोना भाइरस भएको त छैन ? बसेकै ठाँउमा कोरोना भाइसको संक्रमणमा परिने पो हो कि ? अझै पनि विराटनगरवासी सचेत देखिदैनन् । पूरै विराटनगर नै संक्रमित हुने त हैन ? ओहो जति सोचो त्यति डर लागेर आउछ ।

मलाई फिल्डमा गएर रिपोर्टिङ गर्दा, सुचनाका स्रोतहरु भेट्दा, भेटेका प्रत्येक व्यक्तिका कथा व्यथा सुनेर लेख्न मन लाग्छ । सायद त्यहि भएर होला एकै ठाउँ बसेर फोनबाट कुरा गरेर समाचार तयार गर्न मन त्यति लाग्दैन । अरु विकल्प पनि छैन । पेशागत हिसाबले म पत्रकारिता सिक्दै गरेको पत्रकार हुँ । धेरै सिक्न र बुझ्न बाकीँ छ । त्यसका लागि मैले जति बढी बाहिर निस्किएर फिल्डमा रिपोटिङ गरे त्यति राम्रो । अहिलेको अवस्थामा राम्रो हो भन्दैमा आवश्यकता भन्दा बढी पेशागत चुरिफरी देखाउन मन लागेन ।

आजभोलि म बाहिर फिल्डमा त्यति जादिन । अफिस र आवास नजिकै भएकाले अफिस जान ग्राहो त्यति पर्दैन ।
आज बिहान ७ बजेको कुरा हो । म कोठाबाट अफिसको लागि निस्किएको मात्र थिए । पछाडीबाट कसैले बोलाएको ओबीको बहिनी एकछिन पख त भनेको सुने । पछाडी फर्केर हेरें । एक जना व्यक्ति मेरो पछाडीबाट म तर्फ आइरहेका थिए । ती व्यक्तिलाई मैले १ महिना अगाडी रिपोटिङको क्रममा भेटाएको थिए ।

विराटनगर १० का महेन्द्र सहनीको परिवार सामान्य ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्ने परिवार मध्येको एक परिवार हो । एक महिना पहिला मैले उनलाई भेट्दाको जस्तो हसिलो अनुहार मैले देखिन । उनी दुखि छन् भन्ने कुरा उनको अनुहारबाट सहजै बुझन सकिन्थ्यो ।
‘बहिनी लकडाउन कहिले खुल्छ ?’ उनले भने सारै गाह्रो हुने भो बाँच्न पनि ।’ ‘कोरोना लाग्छ की भनेर चिन्ता गरुम् भोकले मार्ने भयो, नगरुम् कोरोना लाग्ने भयो ।’ ‘लकडाउन खुले काम त गर्ने थिए ।’ ‘भोकले मर्नु भन्दा त रोगले मरेको राम्रो ।’ छोराछोरी भोकले रोएको कसरी हेरुम् ।’
उनका प्रत्येक शब्दमा कर्कस थियो । मलाई भावुक बनायो । मैले के जवाफ दिने मसँग केही जवाफ थिएन् । उनको त्यो मलिन अनुहारले आज दिनभर मेरो आँखा अगाडी घुमि रहेको छ ।

संसारको सबैभन्दा सर्वश्रेष्ठ मानिएको मानव जसले बाघ ,हात्ति जस्ता शक्तिशालि जनावरलाई आफ्नो बसमा पारे । जसले विश्वमा विकासको क्रान्ति ल्याए । विभिन्न यन्त्र उपकरण बनाए । उपचारको क्षेत्रमा राम्रो उपलब्धि हाँसिल गरे । आज त्यही मानव जातिलाई एउटा भाइरसले पराजय ग¥यो । जसको कारण हुन सक्छ तपाई, हामी सबै त्यसको भागिदार छौं ।

संक्रमण नियन्त्रणको लागि सरकारी तहबाट भएको अपरिपक्क काम, सरकारले निष्क्रिय गतिविधि देख्दा दुख्छ लाग्छ । सरकारलाई विपक्ष पार्टीको गुनासो गर्दै ठिक्क छ ।
हब सर्वसाधारणको कुरा गरुम अभल दुख लाग्छ । जे नगर भन्यो त्यहि गर्न मन लाग्ने यो कस्तो प्रवृति हो ? आफैले सतर्कता किन अपाइदैन ? के को घमण्ड आफैमा ?

दुई चार दिन अगाडीको कुरा मैले आफ्नो सुरक्षाको लागि फेस शिल अनुहारमा लगाएर हिनिरहेको थिए । मोटरसाइकलमा हिडिरहेका एक व्यक्तिले मोटरसाइकल रोकेर म तिर हेर्दै मर्न सारै डर लाग्या हो नानी भनेर हिने । अचम्मकै छ हाम्रो सोच ।
यदि हरेक व्यक्ति संयमित भएर हिडेंमा संक्रमण नियन्त्रणमा आउन सक्छ । यस्तै व्यवहार गरिरयौं र सचेत भएनौ भने प्रत्येक घरमा कोरोना भाइसको कारण मृत्यु हुन नसक्ला भन्न सकिदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्