सुपर ७ सामान्य ज्ञान @ ७ – अंक २

सुपर ७ सामान्य ज्ञान @ ७ – अंक २

१. नेपालमै प्रथम पटक प्लाज्माथेरापीबाट कोरोना संक्रमितको उपचार कसको गरियो ?
~ ज्ञानेन्द्रमान सिंह कार्की (बिराटनगरका बरिष्ठ चिकित्सक कार्कीको २०७७/०४/१८ गते, काठमाडौंको शिक्षण अस्पतालमा गरिएको)

२. तिलिचो ताल समुद्र सतहबाट ४९१९मि. उचाई मा रहेको छ र यसलाई सबैभन्दा उच्च स्थानमा रहेको ताल मानिन्छ । तर नेपालमै एउटा यस्तो ताल भेटिएको छ जुन तिलिचो ताल भन्दा उचाईमा अवस्थित छ । उक्त तालको नाम के हो र कुन जिल्लामा अवस्थित छ ?
~ कजिन सारा ताल (मनांग जिल्लामा अवस्थित, समुन्द्री सतहबाट ५००२मि. मा अवस्थित)

३. त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)को डीनमा को नियुक्त भएकी छिन ?
~ प्रा.डा. दिब्या शाह, २०७७ असार ३ गते नियुक्ति गरिएको

४. सबैभन्दा कम उमेरमा प्रधानमन्त्री बनेर किर्तिमान बनाउन सफल महिला को हुन् र उनी कुन देशकी हुन् ?
~ सन्ना मारिन, फिनल्याण्ड (३४ बर्षकी उनी २०१९/१२/१०देखि प्रधामन्त्री)

५. ५-जी संचालनमा ल्याउने पहिलो मुलुक कुन हो ?
~ दक्षिण कोरिया

६. बर्षमा दुई पटक बजेट प्रस्तुत गर्ने देश कुन हो ?
~ फ्रान्स , (बर्षमा दुइ फरक अर्थात छुट्टा छुट्टै बजेट प्रस्तुत गर्ने – भारत)

७. ३ तिरबाट नदीले सिमाना छुट्याएको नेपालको जिल्लाकुन हो ?
~ ओखलढुंगा

संकलक
आयुष खनाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्