भिडियोमा थिएटरको स्वाद, जहाज चढ्नेको गीत

भिडियोमा थिएटरको स्वाद, जहाज चढ्नेको गीत

-सुयोग ढकाल

अमृत क्षेत्री मेरा अनन्य मित्र हुन्, केहि वर्षयता हामी काम अनि कृेहि सागिंतिक परियोजनाको क्रममा धेरै पटक भेटिसकेका छौं ।
सुरशाला अमृत जी को सागितिक संस्था हो, यसमार्फत बिभिन्न कार्यक्तम, रियालीटी शो सुरशाला आइडोल लगायत अमृत जी हरेक पटकका भेटघाटमा आफ्ना नयाँ परियोजना अनि सागिंतिक योजनाहरुका बारेमा सुनाउनु हुन्छ, थोरै भेटघाट छ तर पुग्दो छ ।
आजको यो लेखन अमृत जी को गीतसंग गएर ठोकिन्छ, म गाँउमा हुँदा जोगी वोलको गीत निकै चर्चाम आयो, पहिलो पल्ट कुनै अमुक रेडियोवाट अमृत जी को नाम सुनेको हुँ मैले । केहि समय जोगी बोलको गीत नेपाली पप काउन्टडाउनमा पनि बस्यो, फरक स्वर अनि फरक शव्द थियो, प्रेम सरका गीतहरुमा नयाँ भाव अनि पृथक शैलीको भाव वोकेको यस गीतले अमृत क्षेत्रीलाई एउटा सर्जकका रुपमा नेपाली सागिंतिक क्षेत्रमा उभ्यायो ।
पछि जे गरे नी जसो गरे नी चल्छ नेपालमा वोलको गीत पनि निकै चल्यो, गीतमा एउटा आवाज थियो, हामीसबैले भोगेको आवाज ।
मलाई अमृत जी को गीतमा मनपर्ने भनेंकै गीतको छनौट र पृथकपना हो । यसपाला अमृत जी को एउटा यस्तै पृथक गीत भिडियो सहित रिलीज भयो, जहाजै चढेर । मैले आज त्यही गीतको बारे लेख्दैछु, जहाज चढ्नेहरुको गीत ।
यसको भिडियोमा एउटा अलग्गै स्वाद छ, संभवत नेपाली म्यूजीक भिडियोको संस्करणहरुमा यो अहिलेसम्म कै नौलो प्रयोग हुनपर्दछ । छायांकन थिएरटर भित्र गरिएको छ, बिम्बहरुको प्रयोग प्रसस्त गरिएको छ । सिमापारिको परिवेश देखि बिदेशी कारागार सम्म गीतमा थिएरटरमार्फत दुरुस्त देखाइएको छ, दयाहागं राईको अभिनयलाई केनीपा सिंह पहारीको अभिनयले मिठो साथ दिएको छ । थिएटरको पिँढीले केहि समयमा बिदेश तर केहि समयमा गाँउको मेलापात सम्म एकै छिनमा लिएर जान्छ, यसले मेरो दिल छोएको छ । जहाजै चढेर जानेहरुको कथा, व्यथालाई यति मिठो रुपमा गीतमार्फत मूर्तरुप दिइएको यस भिडियोलाई एकफेर हेर्नेपर्ने भिडियोका रुपमा मैले ठम्याएको छु । अमृत क्षेत्रीलाई मेलीना राईको आवाजले साथ दिएको छ ।

मलेवा भए उडेर आउथे नौ डाँडा काटेर ,
जलेवा भए आउथे प्यारु समुन्द्रै तरेर दैबले खेल रच्यो कस्तो दिन गनेर ,
बाँचे भने आउछु प्यारु घर फर्केर

यस गीका केहि शव्दरुले मलाई नेपाली मौलिक अनि ग्रामिण शव्दावलीहरुको गहिराईमा लिएर गयो, मलेवा आकाशमा उड्ने एकप्रकारको चरा हो भनें जलेवा जलचर हो । समुन्द्र अनि आकाश दुबैको धागोलाई देश फर्कने चाहने सपनासंग जोड्दै लेखिएको यस गीतले जहाज चढेर जाने अनि आउनेहरुको मर्म लाई बेजोड रुपमा देखाएको छ ।
अमृत जी अनि सकल समुहलाई बधाई तथा शुभकामना ।

गीत हेर्नुहोस्

सुयोग ढकाल नेपालमा सर्वाधिक डाउनलोड मोबाइल एप्स हाम्रो पात्रोका सांस्कृति ब्लगका शोधकर्ता अनि लेखक हुनुहन्छ भनें नेपालको सर्वाधिक ठूलो अनलाई लर्निगं स्याटसम डट कम का संस्थापक पनि हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्