‘अनुपम रङ’ लिएर आए नितिन

‘अनुपम रङ’ लिएर आए नितिन

विराटनगर । संगीत क्षेत्रमा सक्रिय गायक नितिन गजुरेलले ‘अनुपम रङ’ सार्वजनिक गरेका छन् । प्राध्यापनसँगै संगीत क्षेत्रमा क्रियाशिल गायक गजुरेलले प्रेमिल शैलीको नयाँ गीत सार्वजानिक गरेका हुन् ।

अनुपम रङ’ मा पनि उनको सुमधुर गायनलाई सुन्न सकिन्छ । नीरभीमको शब्द, सुदाम थापाको संगीत र चन्द सिंहको संगीत संयोजनमा उनले ‘तिमी मेरो जीवनको अनुपम रङ हो’ भन्दै स्वर दिएका छन् ।

कोरोनाको त्रासमा समाज त्रसित भएको समयमा नितिनले बन्दाबन्दीसँगै चैतमा मैथिली र बैशाखमा नेपाली भाषामा कोरोना सचेतना गीत सार्वजनिक गरेका थिए ।

वर्तमान स्मार्ट युगमा गीत सुन्ने श्रोतालाई स्वरका साथ सांगीतिक भिडियोको चाहना हुन्छ । त्यसैले श्रोताको चाहनालाई पूरा गर्न सांगीतिक भिडियासाथ सार्वजनिक भएको अनुपम रङमा कमल सिंह र सुशीला थापाको मोडलिङ देख्न सकिन्छ ।

बुद्ध थापाले छायाङ्कन गरेको भिडियोलाई बिष्णु खड्काले सम्पादन गरेका हुन् । सुरेन्द्र बसेलले कोरियोग्राफी गरेको भिडियोलाई रायन कार्कीको निर्देशनमा तयार पारिएको हो ।

लामो समयदेखि गीत संगीतमा क्रियाशील गायक गजुरेलले यसअघि माघमा ‘आ“खाले हेर्यो’ गीत सार्वजनिक गरेका थिए । नितिनले स्वर दिएको सो गीत पनि सांगीतिक भिडियोको साथ उनले युट्युवमार्फत सार्वजनिक गरेका थिए ।

गायक नितिन गजुरेलले ‘दिलके डायरी’, ‘आँखाले हेर्यौ’, ‘झुक्याएरै किन होला’ लगायत एक दर्जन गीतमा स्वर दिएका छन् ।

यसका साथै एक वर्ष अगाडि विभूतिराज कोइरालाको शब्द र स्वरमा बनेको ‘हावामा उड्ने माछो कतै त हुँदो हो नि’ बोलको गीतमा गरेको नितिन गजुरेलको मोडलिङ चर्चित बनेको थियो ।

संगीत क्षेत्रमा लागेपछि चर्चित हुन काठमाडौं नै धाउनु पर्छ भन्ने मान्यता विपरित विराटनगर कर्मथलो बनाएका नितिन गजुरेल र प्रवलदीप विश्वासको क्रियाशिलतालाई विराटनगरका श्रोताले अर्थपूर्ण रुपमा हेरेको पाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्