सुपर ७ सामान्य ज्ञान @ ७ – अंक ६

सुपर ७ सामान्य ज्ञान @ ७ – अंक ६

१. हालसम्मको तथ्यांक हेर्दा एकैदिन नेपालमा सर्वाधिक कोरोना संक्रमण कहिले पुष्टि भएको थियो र कति ?
~ २०७७ असार १९ गते ७४० जना पुष्टि भएको

२. भर्खरै रास्ट्र बैंकले सार्वजनिक गरेको एक प्रतिवेदन अनुसार लकडाउनको अवधिमा सबै भन्दा बढी र कम कर्मचारी/कामदार कटौती गरिएको क्षेत्र कुन-कुन हुन् ?
~ सबैभन्दा बढी : होटल तथा रेस्टुरेन्ट व्यवसाय, ४० प्रतिशत
~ सबैभन्दा कम : शैक्षिक क्षेत्र (५.६ प्रतिशत)
[बन्दाबन्दी अवधिमा मुलुकभर झन्डै एक चौथाई (२२.५ प्रतिशत) कामदार/कर्मचारी कटौती गरेको पाइएको छ]

३. भाले बास्ने ताल नेपालको कुन जिल्लामा पर्दछ ?
~ म्याग्दी

४. सन् २०२० जुलाईमा बिश्व बैंकले सार्वजनिक भएको प्रतिवेदन अनुसार नेपाल ‘न्यून आय भएको मुलुक’ बाट ‘न्यून मध्यम आय भएको मुलुक’मा उक्लिएको छ । बिश्वबैंकको मापदण्ड अनुसार कति अमेरिकी डलर देखि कति डलर प्रति व्यक्ति आय भएका मुलूकहरुलाइ ‘न्यून मध्यम आय’ भएको मुलुक मानिन्छ ?
~ १०३६ देखि ४०४५ अमेरिकी डलरसम्म
[नेपालको प्रति व्यक्ति आय १०९० रहेको]

५. नेपालमा सबैभन्दा बढी स्थानीय तह भएको हिमाली, पहाडी र तराईका जिल्ला कुन कुन हुन् ?
~ हिमाली – धादिंग(१३), पहाडी – काभ्रेपलाञ्चोक(१२) र तराई – सर्लाही(२०)

६. अन्तर्राष्ट्रिय पर्वतारोहण संग्रहालय पोखरामा अवस्थीत छ भने अन्तर्राष्ट्रिय पर्वतारोहण उद्यान कहाँ अवस्थित छ ?
~ ककनी, नुवाकोट

७. लेवनानको राजधानी बेरुतमा भर्खरै शक्तिशाली बिस्फोट कहिले भएको थियो ?
~ सन् २०२० अगस्ट ५

 

संकलक
आयुष खनाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्