सुपर ७ सामान्य ज्ञान @ ७ – अंक ७

सुपर ७ सामान्य ज्ञान @ ७ – अंक ७

१. संसारको फलफुलको बगैचा भनेर कुन हावापानीलाइ चिनिन्छ ?
~ भुमध्यसागरिय हावापानी (Mediterranean Climate)

२. नेपालमा कोरोना संक्रमणको कारणले पहिलो मृत्यु कहिले भएको थियो ?
~ २०७७ जेष्ठ १ गते मृत्यु
[सिन्धुपाल्चोककी यिनी महिलाको मृत्यु जेष्ठ १ गते राति भएपनि कोरोना परिक्षणको नतिजा ३ दिन पछी आएको थियो]

३. ‘युरोमनी अवार्ड २०२०’ नेपालको कुन बैंकलाइ प्रदान गरियो ?
~ नबिल बैंक
[बेलायतको पत्रिका युरोमनीले प्रदान गर्ने यस अवार्ड लगातार दोस्रोपटक नबिल बैंकलाइ प्रदान गरिएको]

४. २०७७ जेष्ठ २ गते प्रस्तुत गरिएको ‘नीति तथा कार्यक्रम २०७७-७८’ अनुसार पछिल्लो दुइ बर्षको अवधिमा बिद्युत चुहावट कति प्रतिशतले कम भएको छ ?
~ ७.६%

५. कोरोना भाइरसको सन्त्रास फैलिरहेको भएपनि भर्खरै एउटा देशले चुनाब सम्पन्न गरेको छ । उक्त चुनाब कुन देशले कहिले सम्पन्न गर्यो ?
~ श्रीलंकाले अगस्ट ५ २०२०मा
[दाजुभाई महिन्द राजपाक्षे र गोताबय राजपाक्षेले पुन: प्रधानमत्री र राष्ट्रपतिमा निर्वाचित हुन् सफल भएका छन्]

६. नेपालमा पहिलोपटक ऐतिहासिक संबिधानसभाको निर्वाचन कहिले भएको हो ?
~ विसं २०६४ चैत्र २८

७. मर्नेबेलामा गित गाउने चरा कुन हो ?
~ राजहंश

संकलक
आयुष खनाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्