कोरोनालाई २ मिनेटमै मार्ने दाबी सहित ‘नेटबायोकेम डिएसएस’ बजारमा

कोरोनालाई २ मिनेटमै मार्ने दाबी सहित ‘नेटबायोकेम डिएसएस’ बजारमा

नेपालको अग्रणी औद्योगिक प्रतिष्ठान हिमगिरि हाइजिन प्रा. लि. ले नेपालमा पहिलो पटक नेटबायोकेम डिएसएस भित्र्याएको छ । काेराेनाभाइरस जस्ता किटाणुलाई २ मिनटमै मार्न सक्ने क्षमता भएको दाबी सहित अस्ट्रेलियन प्रविधिद्वारा निर्मित तथा एरोस्पेश मेडिकल एशोसिएशनद्वारा प्रमाणीत नेटबायोकेम डिएसएस फोहर अवस्थामै काेराेनाभाइरस जस्ता भाइरसहरुलाई मार्ने कम्पनीले जनाएको छ ।

गैर ज्वलनशील र जोखिम मुक्त उच्चस्तरिय कीटाणुनाशकनेटबायोकेम डिएसएस उद्योग प्रतिष्ठान, संस्थागत कार्यालय, एयरपोर्ट, स्वास्थ्य सेवा, विद्यालय तथा कलेज, यातायातका साधन, मल, पसल, सिनेमा ह‘ल, होटल, रेस्टुरेन्ट, एयरक्राफ्ट तथा घरमा समेत नेटबायोकेमको प्रयोग स्प्रे गरेर, कपड़ामा भिजाएर वा फोगिंगको माध्यमले सफाइ गर्न सकिने हिमगिरि हाइजिनको विज्ञप्तीमा उल्लेख छ ।

सफाइ गर्दा भिजेको ठाउँलाई कम्तिमा दुई मिनेट सम्म त्यतिकै छोडेर पुनः सुक्खा कपडाले पुछ्नु पर्ने, त्यस्तै फोगिंगको प्रयोग गर्दा सानो सानो छिद्र भएका झ्याल ढोका समेत बन्द छ कि छैन राम्ररी हेरी मात्र फोगिंग गर्नु पर्ने जस्ता सुझाव कम्पनीले दिएको छ । यस्तै जैविक सामग्री वा माटोको उपस्थितिमा समेत यसको राम्रो प्रदर्शन भएको विज्ञप्तीमा उल्लेख छ ।

नेटबायोकेम कपडा, प्लाष्टिक, धातु, रबरसहित अन्य कुनै पनि सामग्री वा सतहमा कुनै किसिमको हानी नोक्सानी नगर्ने बताइएको छ । मानव स्वास्थ्यको लागि चिन्ताको विषय भएको एस्परगिलस नाइजर प्रजाति बिरुद्ध प्रभावकारिता प्रदर्शन गरेकोले नियमित रुपले सबै छिद्र वा अर्ध छिद्रयुक्त सतहहरुको सर–सफाइ गर्नको लागि Netbiokem DSAM को सिफारिस कम्पनीले गरेको छ ।

यसको प्रभावकारितालाई ध्यानमा राखि नेपाल र नेपालीको लागि समयानुकुल स्वच्छ र स्वस्थ्य सरसफाईको लागि हिमगिरि हाइजिन प्रा. लि. ले Netbiokem DSAM नेपाल भित्राएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्