काठमाडौं भित्रिने र बाहिरिने सवारी–साधनका लागि दिइने पास पूर्णरूपमा बन्द

<span class='c1'>काठमाडौं भित्रिने र बाहिरिने सवारी–साधनका</span> <span class='c2'>लागि दिइने पास पूर्णरूपमा बन्द</span>

कोरोनाभाइरस संक्रमितको संख्या वृद्धि भएपछि काठमाडौं भित्रिने र बाहिरिने सवारी–साधनका लागि दिइने पास पूर्णरूपमा बन्द गरिएको छ ।

गृह मन्त्रालयको निर्देशनमा काठमाडौं जिल्ला प्रशासन कार्यालयले उपत्यकाबाट बाहिरिने र भित्रने सवारी पास अर्को व्यवस्था नभएसम्मका लागि पूर्णरूपमा बन्द गरेको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौैंले बिहीबार सूचना जारी गरेर अब काठमाडौं आउन र यहाँबाट बाहिरी जिल्ला जान रोक लागाएको जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रशासकीय अधिकृत कमलप्रसाद पाण्डेले कार्यालयबाट दिँइदै आएको पास पूर्णरूपमा बन्द गरिएको जानकारी दिनुभयो ।

अन्य जिल्ला प्रशासनले पनि काठमाडौं भित्रने पास जारी नगर्ने उहाँले बताउनुभयो ।

गृह मन्त्रालयले बुधबार पास वितरण बन्द गर्न ७७ जिल्ला प्रशासनलाई निर्देशन दिएको थियो ।

पास वितरण बन्द भएपनि अत्यावश्यक सामान बोकेका सवारी–साधन र एम्बुलेन्स भने चल्न पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्