सुपर ७ सामान्य ज्ञान @ ७ – अंक १६

<span class='c1'>सुपर ७ सामान्य ज्ञान @</span> <span class='c2'>७ – अंक १६</span>

१. भारतीय क्रिकेट टिमका पुर्वकप्तान महेन्द्र सिंह धोनीले अन्तर्राष्ट्रिय क्रिकेट बाट कहिले सन्यासको घोषणा गरे ?
~ सन् २०२० अगस्ट १५
[भारतको स्वतन्त्रता दिवशको अवसरमा उनले र सुरेश रैनाले सन्यासको घोषणा गरे]

२. अस्ट्रेलियामा मानिसको ‘मृत मुटु’ प्रत्यारोपण गरी सफलता प्राप्त गर्ने नेपाली चिकित्सक को हुन् ?
~ डा. कुमुद धिताल

३. ‘सम्पन्न पर्वतमाला’ भनेर कुन पर्वतमाला लाइ चिनिन्छ ?
~ एन्डीज पर्वतमाला

४. चन्द्रमामा खेलिएको प्रथम खेल कुन हो ?
~ गल्फ
[गल्फर एलन शेफार्डले सन् १९७१ फेब्रुअरी ६ मा खेलेका]

५. प्रथम विश्वयुद्ध सुरुवात हुनुको ‘आकस्मिक कारण’ मानिएको अस्ट्रियाका राजकुमारको हत्या कसले गरेका थिए ?
~ ग्याब्रिलो प्रिन्सेप [ब्ल्याक ह्यान्ड सोसाईटी]

६. बिश्वको सर्वाधिक उचाईमा हुने म्याराथन प्रतियोगिता कुन हो ?
~ तेन्जिंग हिलारी एभरेष्ट म्याराथन
[हरेक बर्ष ‘सगरमाथा दिवश’, मे २९को दिन सगरमाथा आधार शिविर देखि हुने]

७. चिठीमा टिकट टाँस्ने प्रचलन कुन देश बाट सुरु भएको हो ?
~ बेलायत

 

संकलक

आयुष खनाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्