नेपालमा एकै दिन एक हजार १६ सङ्क्रमित, सातको मृत्यु

<span class='c1'>नेपालमा एकै दिन एक हजार</span> <span class='c2'>१६ सङ्क्रमित, सातको मृत्यु</span>

नेपालमा कोभिड–१९ को सङ्क्रमण अहिलेसम्म सबभन्दा बढी आज फेला परेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेका नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आज एकै दिन सबभन्दा बढी एक हजार १६ जनामा सङ्क्रमित फेला परेको जानकारी दिनुभयो । विभिन्न ४० प्रयोगशालामा १३ हजार ४६१ जनाको गरिएको पिसीआर परीक्षणमा एक हजार १६ जनामा सङ्क्रमण भएको पाइएको हो ।

यसअघि एकै दिन ७४१ जनामा सङ्क्रमण देखिएको थियो । आज देखिएका सङ्क्रमितसँगै कूल २८ हजार २५७ जनामा सङ्क्रमित रहेका छन् । नेपालमा पहिलो पटक गत माघ ९ गते चीनको वुहान शहरबाट आएका विद्यार्थीमा सङ«क्रमण देखिएको थियो । उहाँका अनुसार सक्रिय सङ्क्रमित १० हजार ५६३ जना रहेका छन् । यसैगरी आज ८५ जना सङ्क्रमित जितेर घर फर्किएका छन् । अहिलेसम्म १७ हजार ५८० जना सङ्क्रमित निको भई घर फर्किसकेको उहाँले बताउनुभयो ।

अहिलेसम्म ६२.२ प्रतिशत सङ्क्रमित निको भई घर फर्किसकेका छन् । अहिलेसम्म पाँच लाख ४२ हजार ८६६ जनाको पिसीआर परीक्षण गरिएको छ । मुलुकभरि क्वारेन्टिनमा १३ हजार ९३६ जना रहेका छन् ।

सात जनाको मृत्यु

पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा गौतमले सङ्क्रमणको कारणले सात जनाको निधन भएको जानकारी दिनुभयो । उहाँका अनुसार काभ्रे, नवलपरासी, कास्की, मोरङ, धनुषा र बाँकेका एक÷एक जना पुरुष तथा तनहँुका एक जना महिलाको सङ्क्रमणको कारणले मृत्यु भएको छ । अहिलेसम्म ११४ जना सङ्क्रमणबाट मृत्यु भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्