औद्योगिक कच्चा आयात कम हुँदा भन्सार राजश्व घट्दै

औद्योगिक कच्चा आयात कम हुँदा भन्सार राजश्व घट्दै

विराटनगर । विराटनगर भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो साउन महिनामा लक्ष्यका तुलनामा ८०.५४ प्रतिशत प्रगति गरेको छ ।
औद्योगिक कच्चा पदार्थ भित्रने मुख्य नाकाका रूपमा परिचित विराटनगर भन्सारले साउन महिनामा २ अर्ब २४ करोड ३२ लाख रुपैयाँ सङ्कलन गर्दै ८० दशमलव ५४ प्रगति हात पारेको हो । कोेभिड–१९ को विश्वव्यापी सङ्क्रमणसँगै पैठारीमा ह्रास आएपछि राजस्व प्रभावित भएको कार्यालयले जनाएको छ ।

कार्यालयका सूचना अधिकृत सुनीता पौडेलका अनुसार कार्यालयले साउन महिनामा २ अर्ब ७८ करोड ५४ लाखको लक्ष्य राखेको थियो ।
कार्यालयले साउन महिनामा लक्ष्यका तुलनामा प्रगति नगरे पनि गत आर्थिक वर्षको सोही अवधिको भन्दा बढी प्रगति हासिल गरेको अधिकृत पौडेलको दाबी छ ।

गत आर्थिक वर्षको साउन महिनामा कार्यालयले ३ अर्ब ९८ करोड ४५ लाखको लक्ष्यमा २ अर्ब ७१ करोड ३६ लाख सङ्कलन गरेर ६८ दशमलव १० प्रतिशतमात्र प्रगति गरेको थियो ।

कार्यालयले चालु आवको साउन महिनामा भन्सार महसुलबाट १० अर्ब ४७ करोड ५१ लाख, मूअकरबाट १४ अर्ब ८० करोड ७५ लाख र अन्तःशुल्कबाट १ अर्ब ५० करोड ४० लाख असुल गरेको छ ।
कार्यालयको चालु आवको कुल राजस्व सङ्कलनको लक्ष्य ४६ अर्ब १५ करोड छ । त्यस्तै गत आर्थिक वर्षको लक्ष्य ४९ अर्ब ६४ करोड ६० करोड थियो ।

कोभिड–१९ को विश्वव्यापी प्रकोपका कारण मालसामानको पैठारीमा कमी आएसँग कार्यालयले गत आर्थिक वर्षमा लक्ष्यका तुलनामा ५७ प्रतिशत मात्र प्रगति हासिल गरेपछि चालु आवमा लक्ष्य घटाइएको हो । कार्यालयले गत आवमा २८ अर्ब ३६ करोड ३४ लाख रुपैयाँ सङ्कलन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्