म्यूजिक भिडियोमा राष्ट्रिय झण्डा जलाउने गायकसहित पक्राउ

म्यूजिक भिडियोमा राष्ट्रिय झण्डा जलाउने गायकसहित पक्राउ

विराटनगर । म्युजिक भिडियोमा नेपालको राष्ट्रिय झण्डा जलाएको अभियोगमा ९ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गीत गाउने ग्लाल्जोम दोर्जे तामाङसहित अभिनय र इडिटिङ गर्ने व्यक्तिहरु रहेका हुन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र महानगरीय अपराध अनुसन्धान महाशाखाले उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।
दुई दिनअघि मङगोल होप नामक युट्युब च्यानलबाट राष्ट्रिय झण्डा जलाइएको भिडियो अपलोड भएको थियो ।

मुलुकी अपराध संहिताले राष्ट्रिय गान वा राष्ट्रिय झण्डा अपमान वा क्षति गर्न निषेध गरेको छ । यदि यस्तो कसूर गरे ३ वर्ष कैद सजाय, ३० हजार जरिवाना वा दुवै हुनसक्ने व्यवस्था छ ।युट्युवमा हालेलगत्तै सामाजिक सञ्जालको यसको विषयमा प्रतिक्रिया आईरहेका छन् । सामाजिक सञ्जालमा भाइरल भईरहेको यो गीतमाथि तत्काल एक्सन लिन प्रहरीलाई आग्रह गरेका छन् ।

र्याप जनरामा गाइएको गीतको लिरिक्स र्यापर मंगोल ग्याल्ज् ली एन्ड एटीएमले लेखेका हुन् । मकवानपुर जिल्लाको बाग्मती गाउँपालिकास्थित श्री विष्णु आधारभूत विद्यालयको प्रांगणमा गीतको सुटिङ भएको सम्बन्धित पक्षले प्रहरीलाई बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्