औद्योगिक वातावरण सहज बनाउन संगठन र संघको माग

औद्योगिक वातावरण सहज बनाउन संगठन र संघको माग

विराटनगर । उद्योगी–व्यवसायीहरुको छाता उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले औद्योगिक क्षेत्र सञ्चालनमा सहज वातावरणको माग गरेका छन् ।

उनीहरुले आफ्ना सदस्य औद्योगिक प्रतिष्ठान तथा व्यवसायीहरुलाई स्वास्थ्य सुरक्षा प्रोटोकलको पालना अनिवार्य गराउन आग्रह गरेका छन् ।
विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले तोकेको स्वास्थ्य प्रोटोकल अपनाएर सञ्चालन गरिएका उद्योगहरुमा कार्यरत मजदुरलाई आवत–जावतमा सहज वातावरण निर्माण गरिदिन समेत माग गरिएको छ ।


लामो समयसम्म रहिरहने अवस्थामा देखिएको कोरोना भाईरस महामारीबाट सुरक्षित रहँदै औद्योगिक क्षेत्र सञ्चालन गर्नुपर्ने आवश्यकतालाई स्थानीय, प्रदेश र संघीय सरकारले मनन् गर्नुपर्ने संगठन र संघको आग्रह छ ।

 

उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे र मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले आइतबार संयुक्त विज्ञप्ती प्रकाशित गर्दै स्वास्थ्य सुरक्षा मापदण्डसहितको औद्योगिक वातावरणलाई अवरोध नपु¥याउन अनुरोध गर्नु भएको छ ।

 

औद्योगिक प्रतिष्ठानलाई समेत मजदुरको व्यक्तिगत स्वास्थ्य सुरक्षाका लागि आवश्यक पर्ने मास्क, स्यानिटाइजर, पानी र साबुन जस्ता सामाग्री प्रयोगलाई अनिवार्य गर्न संगठन र संघले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्