‘कति राम्रो कति प्यारो, नेपाल देश हाम्रो’ म्यूजिक भिडियो सार्वजानिक

‘कति राम्रो कति प्यारो, नेपाल देश हाम्रो’ म्यूजिक भिडियो सार्वजानिक

विराटनगर । राष्ट्रभावले भरिएको ‘कति राम्रो कति प्यारो, नेपाल देश हाम्रो’ बोलको गीत विराटनगरकी अनिता सोनीद्धारा लेखिएको हो । गायिका प्रस्ना शाक्यले गाउनुभएको गीतमा भुपेन्द्र रायमाझीले संगीत दिनुभएको छ ।

महिलाहरुद्धारा सामुहिक रुपमा अभिनित म्यूजिक भिडियोमा अनिता सोनी, दिपिका सोनी, अनुपमा रिजाल, रेखा पराजुली, आशा अटल, भारती पौडेल, ललिता जाजु, ललिता राठी, मिता आर्चाय, सेलिना पराजुली, अन्जु दाहाल र कल्पना सिंहले अभिनय गरेका छन् ।

उत्त म्यूजिक भिडियोको छायांकंन यज्ञ पराजुलीले गरेका छन् भने किंङस मोसन फिक्चरले सम्पादन गरेको छ । म्यास्ट्री डान्स ग्याजले भिडियोका लागी कोरियोग्राफी गराएको थियो ।


उत्त म्यूजिक भिडियोमा नेपालका विभिन्न प्राकृतिक सौन्र्दयतालाई झल्काइएको छ भने कलाकारले विराटनगर लगायत पूर्वका रमणीय स्थानहरुमा पुगेर गीतको बोल अनुसार अभिनय गरेका छन् ।

भिडियोलाई सन्तोष सरकारद्धारा निर्देशन गरिएको छ भने सहनिर्देशन पवन साहले गरेका छन् । केहिदिन अगाडी रिलिज भएको म्यूजिक भिडियो अनिता सोनी युटुव च्यानल मार्फत हेर्न पनि सकिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्