स्वास्थ्यकर्मीलाई गरिएको दुव्र्यवहारप्रति मानव अधिकार आयोगको ध्यानाकर्षण

<span class='c1'>स्वास्थ्यकर्मीलाई गरिएको दुव्र्यवहारप्रति मानव</span> <span class='c2'>अधिकार आयोगको ध्यानाकर्षण</span>

विराटनगर । राष्ट्रिय मानव अधिकार आयोगले कोरोना संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई दुव्र्यवहार नगर्न अपिल गरेको छ ।
आयोगका सचिव वेद भट्टराईले सोमबार विज्ञप्ती जारी गरी जनस्वास्थ्य संकटको अवस्थामा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा अत्यावश्यक सेवा प्रदायकलाई सहयोग र प्रोत्साहन गर्नुपर्नेमा अभद्र र अमानवीय व्यवहार प्रदर्शन गरिनु अत्यन्त दुःखद् भएको बताएका छन् ।

यसप्रकारका दुव्र्यवहार तथा अमानवीय कार्यले जनस्वास्थ्यमा समेत नकारात्मक असर पर्न सक्नेप्रति सचेत हुन र उनीहरुप्रति सहयोग र सम्मानजनक व्यवहार गरी नागरिकको कर्तव्य पालना गर्न आयोगले आग्रह गरेको छ ।

यस प्रकारका घटनाहरुको छानविन गरी दोषीउपर कानुनी कारवाही गर्न समेत आयोग स्थानीय प्रशासनलाई आग्रह गर्दछ । उच्च मनोबलका साथ कार्य गर्नुपर्ने पेशाकर्मीहरुको मनोबल र प्रतिष्ठामा प्रत्यक्ष असर पर्ने प्रकृतिका कार्यको पुनरावृत्ति हुन नदिन आयोगले सरकारलाई अपिल गरेको छ ।

हालै चितवनमा कोरोना संक्रमित चितित्सकको घरबाहिर स्थानीयले कोरोना संक्रमितको घर भनी ब्यानर टाँस्न खोजेका थिए भने काठमाडौंमा निजामती कर्मचारी अस्पतालका चिकित्सकहरुमाथि पनि दुर्व्यवहार भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्