मोरङमा निजी विद्यालयको एसईई नतिजा : चर्चा कम, जीपीएमा दम (हेर्नुहोस् विवरण)

<span class='c1'>मोरङमा निजी विद्यालयको एसईई नतिजा :</span> <span class='c2'>चर्चा कम, जीपीएमा दम (हेर्नुहोस् विवरण)</span>

विराटनगर । विराटनगरको बालकल्याण विद्या मन्दिर (बिकेभीएम) बाट २०७६ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा २८१ जना विद्यार्थीमध्ये ५ जनाले ४ जीपीए प्राप्त गरे । तत्कालिन एसएसलीमा परीक्षाको प्रावधान रहँदा बीकेभीएमका विद्यार्थीले बोर्ड फस्टसम्मको नतिजा ल्याएको रेकर्ड छ ।

देशकै राम्रो विद्यालयको पहिचान बनाएको बीकेभीएमले यसवर्षको एसईई परीक्षामा आफ्ना विद्यार्थीको आन्तरिक मूल्यांकन गर्दा समेत प्राज्ञिक मर्यादालाई ख्याल गरेको देखिन्छ ।

प्याब्सनका केन्द्रीय अध्यक्ष टिकाराम पुरी सञ्चालक रहेको एभरेष्ट सेकेण्डरी बोर्डिङ स्कूल पनि देशभरमै उत्कृष्ट विद्यालयको रुपमा पुरस्कृत हुनेमा पर्दछ । विराटनगरमा धेरै विद्यार्थी र राम्रो अध्ययनअध्यापन गराउने भनेर पहिचान बनाएको एभरेष्टबाट यो वर्ष १५९ विद्यार्थी एसईई परीक्षामा सामेल भएका थिए । जसमा २ जना विद्यार्थीले मात्रै ४ जीपीए अंक प्राप्त गरेका छन् ।

त्यस्तै सगरमाथा बोर्डिङ स्कूलबाट १७७ जना विद्यार्थीमध्ये ६ जनाको मात्रै ४ जीपीए छ । सगरमाथा समेत देशमा चिनिएको निजी विद्यालयमा पर्दछ ।
यी तीन विद्यालयको नतिजा यो वर्षको एसईई परीक्षामा कमजोर सावित भएको छ । विराटनगरको सिदार्थ शिशु सदन सेकेण्डरी बोर्डिङ स्कूलका ४२ जना विद्यार्थीमध्ये २४ जना विद्यार्थीको ४ जीपीए प्राप्त गर्न सफल भएका छन् । यसैगरी कोशी विद्या मन्दिरका ४८ जना मध्ये २४ जना विद्यार्थीले ४ जीपीए प्राप्त गरेका छन् ।

राईजिङ नेपाल सेकेण्डर बोर्डिङ स्कूल रतुवामाईका ४० विद्यार्थीमध्ये १३ जनाले ४ जीपीए प्राप्त गरेका छन् । शैक्षिक वातावरण राम्रै भएपनि आजसम्मको विश्वासीलो परीक्षा प्रणालीमा प्रतिस्प्रर्धामा नदेखिएका विद्यालयको यो वर्षको एसईई नतिजाले भने निजी शैक्षिक संस्थामाथि गम्भीर प्रश्न उठाई दिएको छ ।

विद्यालयले आन्तरिक मूल्यांकन गरेर विद्यार्थीको ग्रेडिङ गर्ने र त्यसैलाई शिक्षा विकास तथा समन्वय इकाईले प्रमाणित गरेपछि राष्ट्रिय परीक्षा बोर्डले नतिजा प्रकाशन गर्ने कार्यविधि अनुसार यो वर्षको परीक्षाफल प्रकाशित भएको थियो ।

तर, कतिपय निजी शैक्षिक संस्थाहरुले गरेको ग्रेडिङ प्रणाली र ४ जीपीए ल्याउने विद्यार्थी संख्या हेर्दा शिक्षाको विकृत रुप यो वर्षको एसईई परीक्षाको नतिजालाई मान्न सकिने भन्दै सर्वत्र चिन्ता छाएको छ । मोरङमा कतिपय विद्यालयहरुले यो परीक्षा प्रणालीलाई चरम दुरुपयोग गरेको देखिएपछि निजी क्षेत्रका विद्यालय सञ्चालकदेखि विद्यालयहरुको संगठन प्याब्सनका पदाधिकारीसम्मको मुख थुनिएको छ ।

राम्रा भनेर चिनिदैं आएका र सामाजिक प्रतिष्ठा उच्च भएका विद्यालय सञ्चालकहरुले एसईई परीक्षाको नतिजालाई मर्यादा भीत्रै राख्न खोजेपनि कतिपय विद्यालयका कारण सबैको बद्नाम गरिदिएको भन्दै चिन्ता छाएको हो । बोल्नै सक्ने अवस्थामा छैन, प्याब्सनका केन्द्रीय अध्यक्ष टिकाराम पुरीले भन्नुभयो–निजी मात्रैलाई दोष दिनु चाँहि हुन्न, सामुदायिकको पनि अवस्था उस्तै छ । उहाँले प्याब्सनकै माग अनुसार भएको परीक्षा प्रणालीलाई मर्यादित बनाउनु पर्छ भन्ने सोच नराख्दा कठिनाई भएको बताउनुभयो ।

प्याब्सन मोरङका अध्यक्ष अर्जुन बस्नेतका अनुसार ख्याती प्राप्त विद्यालय र व्यक्तित्वहरुले त्यस्तो नगरेपनि कतिपय पत्याउनै नसक्ने विद्यालयले गरेको काम नाजायज देखिएको बताउनुभयो । उहाँका अनुसार मोरङमा ३३२ जना विद्यार्थीले ४ जीपीए नतिजा प्राप्त गरेका छन् । जसमध्ये ५७ जना सामुदायिक विद्यालयमा अध्ययनरत रहेका छन् । बाँकी निजी विद्यालयका हुन् । प्याब्सन मोरङ जिल्लाले मोरङ भरिका विद्यालयमा कुन विद्यालयबाट कतिजना विद्यार्थीले ४ जीपीए ल्याए भनेर केन्द्रीय कार्यालयमा सिफारिस समेत पठाएको छ ।

 

मोरङमा निजी विद्यालयको एसईई नतिजा : चर्चा कम, जीपीएमा दम (हेर्नुहोस् विवरण)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्