कर्णालीमा ५३ हजार परीक्षण, २ हजार ३१३ सङ्क्रमित, २ हजार ७ निको

<span class='c1'>कर्णालीमा ५३ हजार परीक्षण, २ हजार</span> <span class='c2'>३१३ सङ्क्रमित, २ हजार ७ निको</span>

कर्णाली प्रदेशमा ५३ हजार ५६ जनाको कोरोना परीक्षण गरिएको छ । आरटी पिसिआर परीक्षण गरिएका जम्मा व्यक्तिमध्ये ५० हजार ८७ जनाको नेगेटिभ र दुई हजार ३१३ जनामा कोरोना सङ्क्रमण पोजेटिभ देखिएको छ ।

आज १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि सङ्क्रमित हुनेको सङ्ख्या दुई हजार ३१३ पुगेको हो । कर्णाली प्रदेश अस्पताल तथा पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको आरटी परीक्षणमा सुर्खेतका चार, दैलेख र सल्यानका दुई/दुई, धनुषा र कञ्चनपुरका एक/एक जनामा सङ्क्रमण पुष्टि भएको कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य शिक्षा शाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिनुभयो ।

त्यस्तै, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको आरटी पिसिआरमा कालीकोटमा चार, जुम्ला र दैलेखमा एक/एक र दैलेख अस्पतालले गरेको आरटी पिसिआरमा एक जनामा सङ्क्रमण देखिएको स्वास्थ्य शिक्षा अधिकृत कँडेलले जनाउनुभयो । सङ्क्रमितमध्ये आज १५ जना निको भएसँगै कोरोना निको भएर घर फर्कनेको सङ्ख्या भने २ हजार ७ पुगेको उहाँले बताउनुभयो ।

शिक्षा अधिकृत कँडेलले भन्नुभयो, “कर्णालीमा देखिएका कूल कोरोना सङ्क्रमितमध्ये ८७ प्रतिशत निको भएर घर फर्किसकेका छन् । अब १३ प्रतिशत सङ्क्रमितहरु मात्र आइसोलेशनमा छन् ।” अहिलेसम्म छ जना बाहेक अन्यको कोरोना सङ्क्रमणबाट मृत्यु नभएको जनाउँदै उहाँले कोरोना सङ्क्रमणबाट आत्तिहाल्नु पर्ने नरहेको बताउनुभयो ।

कर्णाली प्रदेश अस्पताल सुर्खेतका डा प्रदीप न्यौपानेले अस्पतालको आइसोलेशनमा हालसम्म आएका ३१९ जनामध्ये १७ जनामा कोरोनाको लक्षण देखिएको तर सबै निको भएर घर फर्किसकेको जानकारी दिनुभयो । लक्षण भएकामा १० जनामा खोकी, पाँच जनामा स्वासप्रश्वास र दुई जनामा ज्वरो देखिएको बताउँदै डा न्यौपानेले अहिले एक जना मात्र कोरोना लक्षणयुक्त बिरामी अस्पतालमा रहेको जनाउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्