प्रदेश १ का ७ हजार १३७ विद्यालयमा सिकाई कार्यक्रम सञ्चालन गरिने

<span class='c1'>प्रदेश १ का ७ हजार १३७</span> <span class='c2'>विद्यालयमा सिकाई कार्यक्रम सञ्चालन गरिने</span>

विराटनगर । विद्यालयबाट क्वारेन्टीन तथा आईसोलेशनको प्रयोग नहटेपनि प्रदेश १ सरकारले सिकाई कार्याक्रम सञ्चालनमा ल्याउने तयारी गरेको छ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाईरसका कारण ५ महिनादेखि विद्यालय बन्द रहेपनि शैक्षिक गतिविधि ठप्प भएको भन्दै सामाजिक विकास मन्त्रालयले सिकाई कार्यक्रम सञ्चालन गर्ने तयारी गरिेको हो ।

प्रदेश १ का १ सय ३५ विद्यालय र ६ वटा क्याम्पसमा अहिले पनि क्वारेन्टाईन रहेको सामाजिक विकास मन्त्रालयले जानकारी दिइएको छ । अझैसम्म २ वटा विद्यालयमा होल्डिङ सेन्टर, ३ वटा विद्यालय र एउटा क्याम्पसमा आईसोलेसन केन्द्रको रुपमा प्रयोग भईरहेका छन् ।
प्रदेश १ का ७ हजार १३७ विद्यालयका करिब १२ लाख ४० हजार विद्यार्थी कोरोना संक्रमणकै कारण पढाईबाट पूर्ण रुपमा बन्चित रहेका छन् । सामाजिक विकास मन्त्रालयले तीन बालबालिका लक्षित विद्यालय सिकाई कार्यक्रम सञ्चालनमा ल्याउने भन्दै योजना बनाउन थालेको हो ।

सामाजिक विकास मन्त्री जीवन घिमिरेले स्थानीय तहका प्रमुख÷उपप्रमुख तथा शिक्षा क्षेत्रसँग सम्बन्धित व्यक्तिहरुसँग परामर्श गरि विद्यालयमा सिकाई सञ्चालनको मार्गनिर्देशन तयार गर्न दिएको निर्देशन अनुसार मन्त्रालयको शैक्षिक महाशाखाले छलफल गरेर सुझाव लिइएको हो । मन्त्रालयले विद्यालयमा सिकाई सञ्चालनका लागि संघीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग समन्वय गरेर अघि बढ्ने मन्त्री घिमिरेले बताउनुभयो । उहाँले मन्त्रालयले प्राप्त गरेको सुझाव अनुसार चाँडै बैठक बसेर निष्कर्षमा पुगिने बताउनुभयो ।

सामाजिक विकास मन्त्रालयले स्थानीय तहका प्रमुख÷उपप्रमुख, शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख, शिक्षक महासंघ, प्याब्सन, एनप्याब्सन, अभिभावक संघसँग छलफल गरि संकलन गरिएको सुझाव शिक्षा मन्त्रालय समक्ष पेश गरेको छ । मन्त्रालयले विद्यालयमा असोजदेखि सिकाई सञ्चालनको सुझाव दिएको छ । सिकाई सञ्चालन अघि भदौ भित्रमा विद्यार्थीको अभिलेखीकरण गरिसक्नुपर्ने, विद्यालयमा रहेका क्वारेन्टाईन, आईसोलेसन सेन्टर र होल्डिङ सेन्टर हटाउनुपर्ने सुझाव दिईएको छ । कक्षा सञचालन पुर्व विद्यालयमा निर्मलिकरण गर्नुपर्ने, लकडाउनका कारण घरमा रहेका र अहिले विभिन्न स्थानमा निषेधाज्ञा रहेकाले शिक्षकलाई विद्यालयसम्म पुग्नका लागि सहजवातावरण बनाईनुपर्ने सामाजिक विकास मन्त्रालयले सुझाव दिएको छ ।

सामाजिक विकास मन्त्रालयले विहान र दिउँसो दुई चरणमा विद्यालय सञ्चालन गर्नुपर्ने सुझाव दिएको छ । उसले जोर विजोर विद्यार्थी ( रोल नंम्वरका आधारमा ), जोर विजोर कक्षा सञ्चालन गर्न सकिने सुझाव दिएको छ । स्थानीय तहमा प्रत्येक विद्यालयको शिक्षक सदस्य रहने गरि कोभिड टाक्स टिम तयार गर्ने र टिमको सुझाव अनुसार विद्यालय सञ्चालन गर्न सकिने सुझाव दिईएको छ । सामाजिक विकास मन्त्रालयले कक्षा ११ को आन्तरिक मूल्याकंन गरेर १२ कक्षा अविलम्व सञ्चालन गर्न सुझाव दिएको छ ।

मन्त्रालयले विभिन्न क्षेत्रका व्यक्तिसँग गरेको छलफलमा निर्मलिकरण गरेर छिटो भन्दा छिटो विद्यालय सञ्चालन गर्नुपर्ने, कम विद्यार्थी भएका विद्यालयबाट पठन पाठन शुरु गर्नुपर्नेमा जोड दिएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्