कोरोना कहर : मोरङका दुइ सहित थप १२ जनाको मृत्यु

<span class='c1'>कोरोना कहर : मोरङका दुइ</span> <span class='c2'>सहित थप १२ जनाको मृत्यु</span>

नोभेल कोरोना भाइरसको संक्रमणको थप १२ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना संक्रमणबाट मृत्यु हुनेको १९५ संख्या पुगेको छ ।

मृत्यु हुनेमा ४ महिला र ८ पुरुष रहेको डा. गौतमले बताए ।

मृत्यु हुनमा मोरङका ५६ र ६५ वर्षीया दुई जना, भक्तपुरमा ६४ वर्षीया एकजना र मकवानपुरकी ७१ वर्षीया एकजना गरी चारजना महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

त्यसैगरी उदयपुका ५२ वर्षीय एक जना, पर्साका ७२ वर्षीय एकजना, धनुषाका ४५ वर्षीय एकजना, सिरहाका ५५ वर्षीय एकजना, झापाका ८३ वर्षीय एकजना, चितवनका ५१ वर्षीय एकजना, कास्कीका ५२ वर्षीय एकजना र रुपन्देहीको ६० वर्षीय एकजना गरी आठजना पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

हाल कोरोना संक्रमणबाट मृत्यु हुने दर शून्य दशमलव ३ प्रतिशत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्