लकडाउनको बेला युवालाई मास्क लगाउन आग्रह गर्दा दुई प्रहरीमाथि हातपात

लकडाउनको बेला युवालाई मास्क लगाउन आग्रह गर्दा दुई प्रहरीमाथि हातपात

प्रहरीले कृष्णगनरको लक्ष्मीनगरमा लकडाउनको बेला युवालाई मास्क लगाउन आग्रह गर्दा दुई प्रहरीमाथि हातपात भएको छ । स्थानीय दुई दर्जन युवाले प्रहरीमाथि दुव्र्यवहार र हातपात गरेको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक प्रताप पौडेलले बताए ।

घटनामा गाडीचालक प्रहरी हवल्दार दीपक श्रेष्ठ सामान्य घाइते भएका छन् । उनलाई बहादुरगंज अस्पतालमा उपचार गराई बिहीबार साँझ नै इलाका प्रहरी कार्यालय पठाइएको थियो । प्रहरी निरीक्षक पौडेलले मास्क नलाएका युवालाई आग्रह गर्दा उनीहरूले दुव्र्यवहार गरेको बताए । ‘घटना सामान्य हो तर यस्ता घटनाले प्रहरीको मनोबलमा असर पार्छ,’ उनले भने । घटनापछि दुई युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्