दुई कर्मचारीमा कोरोना, चितवनको रक्तसञ्चार केन्द्र ‘सिल’

दुई कर्मचारीमा कोरोना, चितवनको रक्तसञ्चार केन्द्र ‘सिल’

क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरमा कार्यरत दुई जना कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि केन्द्र ‘सिल’ गरिएको छ । केन्द्रका प्रमुख रमेशकान्त पौडेलका अनुसार चालक र प्राविधिकलाई सङ्क्रमण देखिएको हो । यससँगै आज बिहानदेखि केन्द्र सिल गरिएको उहाँले जानकारी दिनुभयो ।

केन्द्रलाई पूर्णरुपमा निर्मलीकरण र कर्मचारीलाई कन्ट्याक्ट ट्रेसिङ गरेसँगै केन्द्र सञ्चालनमा आउने पौडेलले जानकारी दिनुभयो । पौडेलले विश्व स्वास्थ्य सङ्गठन र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्देशिकालाई पूर्ण पालना गरेर निर्मलीकरण गरिने जानकारी दिनुभयो । तत्काल रगत चाहिने बिरामी प्रभावित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्