निजी अस्पतालमा कोरोना संक्रमितको चाप बढ्दै

<span class='c1'>निजी अस्पतालमा कोरोना</span> <span class='c2'>संक्रमितको चाप बढ्दै</span>

विराटनगर । मेडिकल हबका रूपमा चिनिँदै आएको विराटनगरका निजी अस्पतालले कोरोना भाईरस (कोभिड–१९) संक्रमणको उपचार सेवा सुरु गरेसँगै यी अस्पतालमा सेवा लिनेको संख्या बढ्न थालेको छ ।
विराटनगरमा दुई निजी अस्पतालले भेन्टिलेटरसहितको कोभिड अस्पताल सञ्चालनमा ल्याएका छन् । ती अस्पताल सञ्चालनको प्रारम्भिक चरणमै कोरोना संक्रमितहरुले उपचार सेवा लिने आकर्षक केन्द्र बन्न पुगे हुन् ।

विराट मेडिकल कलेजले मोरङको बुढीगङ्गा गाउँपालिकामा रहेको विराट अस्पताल र विराटनगरको न्यूरो अस्पतालले मदर एन्ड चाइल्ड अस्पतालमा कोभिड अस्पताल सञ्चालनमा ल्याएका हुन् । विराट अस्पतालले १०० शय्याको कोभिड अस्पताल दश दिन अगाडी सञ्चालनमा ल्याएको हो । अस्पतालमा ६ वटा भेन्टिलेटरसहितको शैया रहेका छन् ।
अस्पतालले हालसम्म न्यूनतम ५० जना संक्रमितको उपचार गरिसकेको छ । विराटनगरमा एकजना संक्रमितको मृत्यु समेत भईसकेको छ । अस्पतालको भेन्टिलेटरमा समेत संक्रमितलाई भर्ना गरिएको छ ।

विराट अस्पतालले पीसीआर प्रयोगशाला पनि सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ ।
न्यूरोले ४२ शैय्याको जनरल वार्ड, ७ शय्याको आइसीयू र २ भेन्टिलेटरसहितको कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ । अपरेशन निर्देशक राजेश भट्टराईले चाँडै प्लाज्मा थेरापीको सेवा समेत न्यूरोले सुरु गर्ने दावी गर्नुभयो ।

न्यूरोले पनि पीसीआर परीक्षण प्रयोगशाला स्थापनाको लागि काम अगाडी बढाईसकेको छ । यति मात्रै नभई न्यूरो अस्पतालले संक्रमितको उपचार प्याकेज समेत ल्याउँने भएको छ । गत सोमबार न्यूरोको कोभिड अस्पताल उद्घाटन गरिएको थियो ।
यसबीचमा न्यूरोको कोभिड अस्पतालमा ३२ जना भर्ना भईसकेको निर्देशक भट्टराईले दावी गर्नुभयो । भर्ना भएकामध्ये लक्षणबिहीनलाई डिस्चार्ज गरेर घर पठाउने, लक्षणसहितका स्वास्थ्य परामर्श दिदैं राख्ने र आईसीयूमा बस्नुपर्नेहरुलाई आफन्तको ईच्छा अनुसार राखिदैं आएको छ । न्यूरोबाट हालसम्म तीनजना आईसीयूमा बस्नुपर्ने विरामी डिस्चार्ज गरिएका छन् ।

मन्त्रिपरिषद्को गत असार १५ गतेको बैठकले संक्रमितको उपचारका लागि नेपाल सरकारले अनुदानस्वरूप सहयोग उपलब्ध गराउने निर्णय गरेको थियो । जसअनुसार नेपाल सरकारले लक्षण नभएका, भएका, सामान्य वा मध्यम प्रकृतिको लक्षण भएका तथा गम्भीर प्रकृतिका बिरामीलाई न्यूनतम दुई सय रुपैयाँदेखि १५ हजार रुँपैयासम्मको उपचार खर्च सहयोग गर्नेछ ।

 

सरकारले लक्षण नभएका वा सामान्य लक्षण भएका बिरामीलाई स्वास्थ्यकर्मीले घरमा क्लिनिकल निगरानी गर्दा १ बिरामीलाई प्रति दिन २ सय रुपैयाँ र आइसोलेसनमा राखेर निगरानी गर्दा १ बिरामीलाई २ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।
सामान्य लक्षण भएका बिरामी उपचारका निम्ति निजी स्तरबाट सञ्चालित कोभिड अस्पतालमा भर्ना भए भने सरकारले तीन हजार ५ सय रुपैयाँ र मध्यम प्रकृतिका बिरामी भर्ना हुँदा ७ हजार रुपैयाँ सरकारले प्रदान गर्नेछ । जटिल तथा क्रिटिकल बिरामीका लागि भने सरकारले १५ हजार सहयोग गर्नेछ ।
तर, न्यूरोका निर्देशक भट्टराईले अहिलेसम्म त्यसको यकिन भईनसकेको र सरकारले दिने नदिने विषयमा जानकारी नै नभएको बताउनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्