पिसिआर परीक्षणमा सिटि भ्यालु र भ्रम

पिसिआर परीक्षणमा सिटि भ्यालु र भ्रम

-मनिष अर्याल
कोरोना (Covid-19) महामारीको समय हिजो आज नयाँ नयाँ शब्दहरु हामीले सुनिरहेका छौं । त्यस्तै एक शब्द हो , Cyclic Threshold (CT Value) । अझ तपाइ अलि बढी इन्टरनेट चलाउने वा नयाँ कुरा खोज्ने, लेखहरु पढ्ने गर्नु हुन्छ भने यो शब्द तपाइले धेरै नै सुन्न थाल्नु भएको छ होला ।
एकजना भारतीय डाक्टरले यो विषयमा छोटो भिडियो तयार पारेर इन्टरनेटमा हालेका छन । त्यस भिडियो तपाइ माझ पनि ह्वाट्सएप, फेसबुक वा युट्युब जस्ता माध्यमबाट तपाइ माझ पनि आइपुगेको हुन सक्छ । उक्त भिडियोमा उनले कोरोना परिक्षणको लागि गरिने real time Reverse Transcription-Polymerase Chain Reaction (rRT-PCR) को नतिजामा आउन सक्ने CT Value 24 ले सुरक्षित व्यक्ति वा असुरक्षित व्यक्ति भनेर वर्गिकरण गर्न सकिन्छ भन्ने दाबी गरेका छन् । उनले भाइरल बनाईदिनु भनेर अनुरोध गरेको उक्त भिडियोमा दाबी कत्तिको साँचो हो? यसै विषयमा आफुले बुझेको र हाल भैरहेको अनुसन्धानले देखाएको नतिजा अनुसार CT Value को बारेमा यो सानो लेख तयार पारेको छु ।

rRT-PCR परीक्षण कसरी हुन्छ?

यि सबै कुरा बुझ्नु अघि सर्वप्रथम त कोरोना (SARS-CoV-2) भाइरसको संक्रमण पत्ता लगाउन गरिने परिक्षण rRT-PCR कसरी हुन्छ भन्ने बारेमा साधारण भाषामा जानकारी लिउँ। स्मरण रहोस कोरोना (कोभिड-१९) भाइरस RNA भाइरस हो। यो परीक्षण गर्नु पर्ने व्यक्तिबाट निकालिएको स्वाब परिक्षण गर्दा ल्याइएको स्यामपलबाट RNA लाई छुट्याइन्छ । RNA छुट्याउदा सबैभन्दा बढि सवधानी अपनाउनु पर्ने हुन्छ । यहि बेलामा भाइरसको चुहाबट हुने वा संक्रमण सर्ने संभावना धेरै हुन्छ। RNA लाई PCR मेसिनमा DNA मा परिणत गरिन्छ। DNA लाई साना साना धेरै टुक्राहरुमा टुक्र्याइन्छ। ती टुक्राहरुलाई PCR मेसिनमा गुणात्मक वृद्धि गराइन्छ। DNA का ति टुक्राहरु २,४,८,१६,३२.... यसरी दुई गुणाले बृद्धी हुदै जान्छ र यो वृद्धि हजारौ पटक गराइन्छ। ति टुक्राहरु मध्ये कोभिड-१९ भाइरसमा मात्र पाइने ४-५ वटा निश्चित निश्चित टुक्राहरु संग मात्र जुट्ने रिेएजेन्ट/केमिकल हरुको प्रयोग गरिन्छ। रिएजेन्टहरु DNA का ति निश्चित टुक्राहरु संग मिलेपछि कम्प्युटरको मोनिटरमा एउटा चम्किलो रेखा बन्न थाल्छ। स्पेशल प्रोग्राम प्रोग्रामिङ गरिएको कम्प्युटर PCR मेशिनमा जडान गरिएको हुन्छ। ति निश्चित टुक्राहरु र रिएजेन्ट मिलाउनको लागि PCR मेशिनमा एकप्रकारको केमिकल रियाक्सन गराइन्छ। एक पटक रियाक्सन गराउनुलाई एक साईकल भनिन्छ। कति साईकल रियाक्सन गराएपछि एउटा निश्चित बेसलाईन/थ्रेसहोल्ड लेबल त्यो चम्किलो रेखाले पार गर्छ त्यहि हेरेर भाइरस भए नभएको पत्ता लाग्छ । परिक्षण गर्न ल्याईएको स्यामपलमा भाइरस भएमा मात्र यो रियाक्सन हुन सम्भव हुन्छ । एक पटक रियाक्सन सुरु भए पछि त्यो रियाक्सनले आफै चेन रियाक्सनको रुप लिएर जान्छ । RNA लाई DNA मा परिणत गरिने भएर नै यो प्रक्रियालाइ Reverse Transcription भनिएको हो । रियाक्सन गराउदै प्रत्यक्ष रुपमा परिणाम परिक्षण गर्ने व्यक्तिले थाहा पाउने परिक्षण भएकोले यो बिधिको नाममा रियल टाइम भन्ने शब्द जोडिएको हो। । त्यसैले यो परिक्षणणलाई RT PCR परीक्षण भनिने गरिन्छ ।
अब अउनुहोस Cyclic Threshold (CT Value) को बारेमा जानौ। CT Value भनेको कति साईकलको रियाक्सन पछि चम्किलो रेखाले एउटा निश्चित बेसलाइन/थ्रेसहोल्ड लेबल पारगर्छ, त्यहि साइकललाई साइक्लिक थ्रेसहोल्ड अर्थात (CT Value) भनिन्छ। Wisconsin Veterinary Diagnostic Laboratory (WVDL)को एउटा निश्चित मापन गर्ने विधि अनुसार यो एक देखि चालिस साईकल सम्मको हुन्छ।

CT ≤ 36 सम्म लाई पोजेटिब भनिन्छ
सामान्य तया उक्त रेखाले ३६ वा त्यो भन्दा कम साइकलमा थ्रेसहोल्ड पार गर्यो भने संक्रमण भएको बुझाउछ ।

CT ≤ 29 सम्म मज्जाले पोजेटिब
यसै गरि उक्त रेखाले २९ वा त्यो भन्दा कम साइकलमा थ्रेसहोल्ड पार गर्यो भने संक्रमण अत्याधिक भएको बुझ्नु पर्दछ । किन भने लिइएको स्वाबमा भाइरसको मात्रा अत्याधिक हुँदा मात्र रियाक्सन बढि भइ छोटो साइकलमै थ्रेस होल्ड पार हुन सक्छ । शरिरमा भाइरल लोड बढि छ भने यसो हुने गर्दछ ।

CT 30 देखि 36 सम्म संक्रमित
CT 37 देखि 40 सम्म संकास्पद वा संक्रमित भन्न नसकिने वा हल्का पोजेटिब अझ भन्न सकिन्छ किन भने यसमा भाइरसको DNA सानो मात्रामा पाइएको हुन्छ वा भनौं यसो हुनुको कारण संक्रमणको सुरुवात भर्खर भएको हुन सक्छ जस्मा भाइरस पुर्णतय फैलि नसकेको छ वा संक्रमणको समाप्त हुन लागेको चरण हो जसमा भाइरस सकिदै गएका छन् । या यस्तो कुनै भ्याक्सिनको प्रयोग वा परिक्षण विधिको कुनै त्रुटि पनि हुन सक्छ ।

अब यहाँ भन्नुपर्दा जति धेरै परिक्षण स्याम्पलमा भाइरसको मात्रा हुन्छ त्यति नै कम CT Value देखिन्छ ।

अब कुरा गरौ सानो भिडियोमा भने जस्तो CT को Value 24 साइकल भनेको लक्षमण रेखा जस्तौ हो त? अहिले हामी कहाँ धेरै कम्पनीका PCR मेशिनहरु प्रयोगमा ल्याइएको छ। ति सबै कम्पनीको मेशिनमा आ-आफ्नै कम्पनिको रिएजेन्ट/केमिकलहरुको प्रयोग हुन्छ। ति सबै कम्पनिको मेशिनमा एउटै Value नआउन पनी सक्छ। एउटै व्यक्तिको एकै पटक झिकिएको स्याम्पल कुनै दुई PCR मेशिनमा परिक्षण गर्दा फरक CT Value आउन सक्छ। CT Value भनेको हरेक मेशिन अनुसार १-२ साइकल फरक पर्न आउनु स्वाभिक हो। फेरि यो मेशिनको क्यालिब्रसन, पिपेट चलाउदा हुन सक्ने गडबढि, परिक्षण गर्ने व्यक्तिको दक्षता आदि धेरै कुराहरुमा निर्भर गर्छ त्यसैले कुनै एउटा निश्चित अंकलाई अन्तिम बिन्दुकै रुपमा लिन सकिन्न।
यसै हेर्दा CT Value कम हुँदा धेरै संक्रमित र CT Value धेरै हुदा कम संक्रमित भन्ने बुझियो। त्यसोभए, CT Value कम भएका ब्यक्तिलाई पहिले नै सुबिधा सम्पन्न अस्पतालमा राख्ने र CT Value धेरै भएकालाई होम आइसलेसनमा छाडिदिन सकिने कुरा धेरैको मनमा आउन सक्छ।यो विषयमा भन्नुपर्ने हो भने त्यति धेरै अनुसन्धान भएको देखिदैन। फेरि भाइरल लोड धेरै भएको व्यक्तिमा बढि लक्षण देखिन्छ नै भनेर पनि भन्न सकिदैन । तापनि यति भन्न सकिन्छ कि सबै संक्रमितको रोग प्रतिरोधात्मक क्षमता एउटै हुदैन। कुनै व्यक्तिमा CT Value धेरै आएपनि उसलाई कोरोनाले निकै ग्रसित बनाएको देखिएको छ भने CT Value थोरै हुने व्यक्तिमा कोरोना संक्रमणको कुनै लक्षण नदेखिएको वा साधारण लक्षण मात्र देखिएको पनि छ। सुरुवाति चरणमा CT Value कम भएका व्यक्तिहरुको दुइचार दिनमै CT Value निकै बढेको पनि पाइएको छ । CT Value धेरै छ भनेर कोहि ढुक्क भएर बस्यो भने परिक्षण गर्दा निकै चाडैं गरिएको भएर त्यस्तो परिणाम आएको पनि हुन सक्छ। संक्रमितको संक्रमणको जटिलता भाईरसको संख्यामा निर्भर नभई व्यक्तिको रोग प्रतिरोधात्मक क्षमता र अन्य शारिरिक मानसिक अवस्थामा पनि निर्भर गर्छ। कुन संक्रमितलाई कुन बेलामा रोगप्रतिरोधात्मक क्षमतामा एक्कासि नकारात्मक असर पर्न गई ठुला जटिलताहरु निम्तिन जान्छ भन्न सकिन्न। CT Value भनेको स्याम्पल कसरी निकालिएको छ, कहाँबाट निकालिएको छ, निकाल्ने ब्यक्तिको दक्षता आदिमा पनि निर्भर गर्छ। हुनत CT Value 36 सम्म पोजेटिब मानिएको छ तर पनि 34-36 को बिचम आउने परिणाम सधै दोधार मै हुन्छ। 37-40 सम्मका Value नेगेटिब भएपनि यस्ता परिणामले परिक्षण गर्ने व्यक्तिको सुझबुझ र मुल्यांकन गर्ने क्षमताको पनि परिक्षा लिन्छ।

CT Value र संक्रमण सारिने संभावना :
हो CT Value कम भएको व्यक्तिबाट अरुलाई संक्रमण सारिन सक्ने सम्भावना धेरै हुन्छ। CT Value धेरै भएका व्यक्तिमा यदि PCR Test धेरै चाँडो गरिएको छ भने संक्रमण सारिन सक्ने संभावना धेरै हुन्छ किनकि त्यस्ता व्यक्तिहरुको CT Value अलि पछि गएर घट्न सक्छ। अहिलेको अध्यनहरुले संक्रमण सार्नमा CT Value भन्दा संक्रमण भएको दिनमा बढि निर्भर गर्ने गरेको देखिएको छ । संक्रमित व्यक्तिहरुले संक्रमण भएको सरुवाति दिनहरुमा अरुलाई बढि संक्रमण सार्न सक्दछन ।

समग्रमा भन्नु पर्दा CT Value को आधारमा गरिने कुनैपनि परिक्षणहरुमा कुनै एउटा निश्चित अंकलाई आधार बिन्दु मान्न सकिदैन । एउटै स्याम्पल, एउटै भाइरसको लागि गरिने परिक्षणमा पनि अलग कम्पनिको PCR मेसिन प्रयोग गरियो भने फरक साइकलमा प्रमाणित भएको परिणाम आउन सक्छ । त्यसैले rRT-PCR मा गरिने परिक्षणको परिणाम पोजेटिब वा नेगेटिबमा दिइन्छ । यसैहेर्दा rRT-PCR परिक्षण परिमाणात्मक देखिए पनि यो परिणात्मक परिक्षण नै हो। कोरिया र अमेरिकामा गरिएको अध्ययनमा कोभिड-१९ को लागि गरिने rRT-PCR परिक्षणको विश्वसनियता ९५% सम्म पाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्