जनकपुरमा क्लोथ बैंक होम आईसोलेशनको प्रभाव बढ्दै

जनकपुरमा क्लोथ बैंक होम आईसोलेशनको प्रभाव बढ्दै

जनकपुर । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि दुई नम्बर प्रदेशको राजधानी जनकपुरमा क्लोथ बैंक नेपालले होम आईसोलेशन कार्यक्रम सञ्चालन सुरु गरेको थियो ।
बिरामीले अस्पतालमा बेड नापाइरहेको गुनासो बढेपछी क्लोथ बैंक नेपालले सञ्चालनमा ल्याएको होम आइसोलेशनको महत्व भने यस बेला अझै प्रभावकारी बनेको छ ।


क्लोथ बैंक नेपालको अध्यक्ष् राजिब झा, नेपाल प्रहरी उपरीक्षक रमेश बस्नेत र धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भटराई संरक्षक रहेको होम आइसोलेशन व्यवस्थापन समिति समेत बनेको थियो । समितिका संयोजक मनोज चौधरीका अनुसार हालसम्म ८९ जना बिरामीलई निःशुल्क चिकित्सक परामर्श, औषधि र आवश्यक परेकालाई अक्सिजन उपलब्ध गराउँदै आएको छ ।

घरमा बसेका संक्रमितलाई स्वास्थ्य परामर्शका लागि यो संस्थाले डा. अजय झा सहित ५० जनाभन्दा बढी डाक्टरहरुको समुह रहेको प्राविधिक समिति बनाएको छ । संस्थाको परामर्शमा रहेका मध्ये हालसम्म ३१ जना निको भईसकेका छन् ।
क्लोथ बैंक नेपालले बिरामीहको सहज उपचारको लागि प्रादेशिक अस्पताललाइ भेन्टिलेटर समेत उपलब्ध गराएको क्लोथ बैंक नेपाल प्रोजेक्ट कोर्डिनेटर रंजित झाले जानकारी दिएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्